आइतबार, फागुन १७, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • ओमसतिया गाउँपालिकाका पूर्व प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

ओमसतिया गाउँपालिकाका पूर्व प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

रुपन्देहीको ओमसतिया गाउँपालिका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत राजु नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।
 |  मंगलबार, असार १४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार १४, २०७९

काठमाडौं– रुपन्देहीको ओमसतिया गाउँपालिका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत राजु नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।

गाउँपालिकाका तत्कालिन प्रमुख प्रशासकीय नेपालसहित इञ्जिनियर लवकुश चाई र सबइञ्जिनियर सन्तोष भुसालले फिल्डमा कम काम भएको सामाग्रीको नापी किताबमा बढी परिमाण मूल्याकंन गरी चढाएको तथा कार्यसम्पन्न प्रतिवेदनसमेत तयार गरी आफूहरुलाई गैरकानूनी लाभ पुर्याएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

ओमसतिया गाउँपालिका(४ मटेरिया गाउँको मुख्य सडक पीसीसी निर्माण कार्यगर्दा सम्झौता अनुसार काम नगरी रकम हिनामिना गरेको भन्ने उजुरी परेको थियो।

मटेरिया गाउँको मुख्य सडकमा पीसीसी गर्ने कार्यमा लागत अनुमान अनुसारको मोटाईमा ढलान नगरी सोभन्दा कम मोटाइमा ढलान गरेको तर नापी किताब तथा बिल पेश गर्दा फिल्डमा भएको भन्दा समग्र पीसीसी परिमाणमा बढी उल्लेख गरी २ लाख ६१ हजार ८५५ रुपैयाँ सरकारी रकम हानिनोक्सानी गरेको आरोप लागेको छ।

यसैगरी सडक ढलान गर्ने उपभोक्ता समितिका अध्यक्ष गजराज यादव र सचिव धर्मराज खरविन्दले फिल्डमा भएको कम कामको बढी मूल्याकंन गराएको अख्तियारको विज्ञप्तीमा उल्लेख छ।

kumari

गैरकानुनी रुपमा हानिनोक्सानी भएको बिगो दुई लाख एकसठ्ठी हजार आठ सय पचपन्न रुपैयाँ राजु नेपाल, लवकुश चाई र सन्तोष भुसालविरुद्ध बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

प्रकाशित: Jun 28, 2022| 17:10 मंगलबार, असार १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।