शनिबार, मंसिर ६, २०८२

राष्ट्रिय महिला भलिबल आजदेखि सुरु हुँदै

बागमती प्रदेश खेलकुद विकास परिषद् र न्यू डायमण्ड स्पोट्र्स क्लबको संयुक्त आयोजनामा बागमती प्रदेश न्यू डायमण्ड कप खुला महिला राष्ट्रिय भलिबल प्रतियोगिता हुने भएको छ।
 |  मंगलबार, असार १४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार १४, २०७९

काठमाडौं- बागमती प्रदेश खेलकुद विकास परिषद् र न्यू डायमण्ड स्पोट्र्स क्लबको संयुक्त आयोजनामा बागमती प्रदेश न्यू डायमण्ड कप खुला महिला राष्ट्रिय भलिबल प्रतियोगिता हुने भएको छ। 

National life

कीर्तिपुरस्थित बहुउद्देश्यीय कभर्डहलमा हुने उक्त प्रतियोगितामा विभिन्न चार टोलीको सहभागिता रहने सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजकका संयोजक कुमार राईले जानकारी दिए। 

उनका अनुसार प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपिएफ), आयोजक न्यू डायमण्ड स्पोट्र्स क्लब, नेपाल पुलिस क्लब र काठमाडौँको परोपकार आदर्श माध्यमिक विद्यालयको सहभागिता रहनेछ। सहभागी टोलीबीच पहिले राउन्ड रोबिन लिगका आधारमा खेल हुनेछ। राउन्ड रोबिनमा शीर्ष दुई स्थान हात पार्नेले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। तेस्रो र चौथो हुने टोलीले तेस्रो स्थानका लागि खेल्नेछन्। 

प्रतियोगितामा उपाधि विजेता टोलीले रु पाँच लाख प्राप्त गर्नेछ भने उपविजेताले रु दुई लाख ५० हजार पाउनेछ। त्यसैगरी प्रतियोगितामा तेस्रो स्थान हासिल गर्ने टोलीले एक लाख २५ हजार र चौथो हुने टोलीले रु ७५ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ। 

यसैगरी व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट घोषित हुने खेलाडीले रु २५ हजार र विधागततर्फको उत्कृष्ट हुने खेलाडी र प्रशिक्षकले जनही रु १० हजार पाउनेछन्। मंगलबारदेखि सुरु हुने उक्त प्रतियोगिता चार दिनदिन सम्म चल्नेछ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jun 28, 2022| 06:15 मंगलबार, असार १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।