आइतबार, मंसिर ९, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

फोहरमैला व्यवस्थापन गर्न शिक्षक-शिक्षिकालाई तालिम

भक्तपुर नगरपालिकाले फोहर व्यवस्थापन सहज बनाउन शिक्षकशिक्षिकाहरूलाई दुईदिने फोहरमैला व्यवस्थापन तथा कौसी खेती तालिम प्रदान गरेको छ।
 |  सोमबार, असार १३, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, असार १३, २०७९

भक्तपुर- भक्तपुर नगरपालिकाले फोहर व्यवस्थापन सहज बनाउन शिक्षकशिक्षिकाहरूलाई दुईदिने फोहरमैला व्यवस्थापन तथा कौसी खेती तालिम प्रदान गरेको छ। 

triton college

भक्तपुर नगरपालिका-१ को आयोजनामा तालिम सोमबारदेखि सुरु भएको हो। तालिमको उद्घाटन गर्दै नगरप्रमुख सुनिल प्रजापतिले घरघरबाट नै कुहिने र नकुहिने फोहर छुट्याउन सके फोहर व्यवस्थापनमा धेरै सहज हुने बताउँदै कौसी खेती तालिम फोहर व्यवस्थापनमा पनि सहयोगी हुने विश्वास व्यक्त गरे।

विकसित देशहरूले फोहरलाई व्यवस्थापन गरी मोहरमा रुपान्तरण गरिरहेको चर्चा गर्दै प्रमुख प्रजापतिले काठमाडौं उपत्यकामा फोहर चुनौतीका रुपमा खडा हुनुमा व्यवस्थापनको कमजोरी भएको बताए। उनले कौसी खेतीलाई आवश्यक प्राङ्गारिक मल घरकै उत्पादन गर्न सके एकातिर फोहर व्यवस्थापनमा सहज हुने र अर्कोतर्फ कृषि उत्पादन वृद्धि हुनाका साथै परनिर्भरतासमेत कम हुने बताए।

तालिमका प्रशिक्षक सबिन ख्याजूले विषादीयुक्त तरकारी र फलफूलका कारण धेरै नागरिकहरु क्यान्सरजस्ता खतरनाक रोगबाट मृत्युवरण गरिरहेको यथार्थबारे अवगत गराउँदै किसानहरुले जैविक विषादीको प्रयोगमा जोड दिनुपर्ने बताए। वडा नं १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले भक्तपुर नपालाई आत्मनिर्भर र सुन्दर बनाउन कौसी खेती तालिम सञ्चालनमा जोड दिँदै आएको बताउँदै नगरपालिकाले पाक्षिक सरसफाइलाई समेत निरन्तरता दिँदै आएको जानकारी दिए। तालिममा वडाका ११ वटा विद्यालयबाट दुई/दुई जना शिक्षकशिक्षिकाहरुको सहभागिता रहेको छ।

प्रकाशित: Jun 27, 2022| 22:35 सोमबार, असार १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।