बुधबार, कात्तिक १९, २०८२

प्रदेश नम्बर १ लाई चिया विशेष क्षेत्र घोषणा गर्न माग

बिर्तामोडमा चिया उत्पादक, चिया किसान, ट्रेड युनियन तथा चिया श्रमिक र चिया विकास बोर्डका प्रतिनिधि सम्मिलित संवाद समूहले आयोजना गरेको कार्यक्रममा चिया क्षेत्रका विषयगत समस्याबारे छलफल गर्दै समस्याको दिगो समाधान गर्न सबै पक्ष मिलेर सामूहिकरूपमा अघि बढ्ने प्रतिबद्धता जनाइएको छ।
 |  सोमबार, असार १३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार १३, २०७९

विराटनगर- प्रदेश नं १ लाई चिया विशेष क्षेत्र घोषणा गर्न सरोकारवालाहरुले माग गरेका छन्। सोमबार बिर्तामोडमा चिया उत्पादक, चिया किसान, ट्रेड युनियन तथा चिया श्रमिक र चिया विकास बोर्डका प्रतिनिधि सम्मिलित संवाद समूहले आयोजना गरेको कार्यक्रममा चिया क्षेत्रका विषयगत समस्याबारे छलफल गर्दै समस्याको दिगो समाधान गर्न सबै पक्ष मिलेर सामूहिकरूपमा अघि बढ्ने प्रतिबद्धता जनाइएको छ।

Kumaribank

विदेशी मुद्रासमेत आर्जन गर्ने प्रदेश १ कै मुख्य नगदे बालीका रूपमा रहेको चिया क्षेत्रका समस्याहरुप्रति सबै सरोकारवाला गम्भीर भएको जनाएका छन्। नेपाल ट्रेड युनियन महासङ्घ प्रदेश १ का उपाध्यक्ष सन्तकुमार राईले प्रदेश १ लाई चिया विशेष क्षेत्र घोषणा गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। उनले वार्षिक रु चार अर्बभन्दा बढीको नेपाली चिया विश्व बजारमा निर्यात हुँदै आए पनि सरकारको प्राथमिकतामा चिया क्षेत्र पर्न नसकेको गुनासो गरेका छन्।

नेपाल चिया उत्पादक संघका अध्यक्ष सुरेशकुमार मित्तलले विदेशी मुद्रा भित्र्याउने चिया क्षेत्रलाई प्राथमिकतामा राखेर सरकारले विशेष सुविधा दिनुपर्नेमा यसअघि दिइएका अनुदान पनि कटौती हुदै जानु दुःखद भएको बताए।

ट्रेड युनियन तथा चिया मजदुर नेताहरुले चिया क्षेत्रमा श्रम ऐन र योगदानमा आधारित सामाजिक सुरक्षा कोष लागू नहुँदा श्रमिकको अवस्था दयनीय भएको उनको भनाइ छ। चिया क्षेत्र बचाउन चिया उद्योगी र किसानलाई सहयोग गर्न आफूहरु तयार रहेको प्रतिबद्धता जनाउँदै ट्रेड युनियन तथा चिया मजदुर नेताहरुले उद्योगीका प्रतिनिधिसमक्ष श्रमिकले पेटभर खाएर काम गर्ने वातावरण बनाइदिन आग्रह गरेका छन्। 

चिया तथा कफी विकास बोर्ड मातहतका बगानमा आगामी आर्थिक वर्षदेखि श्रम ऐन र सामाजिक सुरक्षा कोष कार्यान्वयन गर्ने राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय झापाका निमित्त प्रमुख सुमन त्रिखत्रीले बोर्डका तर्फबाट प्रतिबद्धता जनाएका छन्। उनले सरकारले  बोर्डअन्तर्गत सातवटा बगान सञ्चालनमा रहेको जानकारी दिए।

Metro Mart

चिया क्षेत्रको समग्र समस्याको दिगो समाधानका लागि मन्त्रीसहितको सहभागितामा बृहत् छलफल गर्ने र उक्त कार्यका लागि चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय बिर्तामोडले आवश्यक समन्वय र सहजीकरण गर्ने सरोकारवालाबीच सहमति भएको छ।

छलफलमा नेपाल चिया उत्पादक संघका अध्यक्ष मित्तल, कोषाध्यक्ष विनयराज पोखरेल, साना किसान चिया उत्पादक सहकारीका हर्कबहादुर तामाङ, अखिल नेपाल ट्रेड युनियन महासङ्घ प्रदेश १ का इञ्चार्ज भुपाल सापकोटा, नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष यज्ञप्रताप अधिकारी, नेपाल चिया बगान श्रमिक सङ्घका अध्यक्ष दीपक तामाङ, अखिल नेपाल चिया मजदुर सङ्घका अध्यक्ष सीता सापकोटालगायतले आफ्ना धारणा राखेका थिए। 

प्रकाशित: Jun 27, 2022| 20:15 सोमबार, असार १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।