शनिबार, वैशाख २९, २०८१
  • गृहपृष्ठ
  • विदेश
  • ब्रिक्समा पाकिस्तानलाई सहभागी गराउने चीनको योजनामा भारतको ब्रेक!

ब्रिक्समा पाकिस्तानलाई सहभागी गराउने चीनको योजनामा भारतको ब्रेक!

पाकिस्तानी विदेश मन्त्रालयले भनेको छ, 'ब्रिक्स सम्मेलनमा वैश्विक विकासका विषयमा भएको उच्चस्तरीय संवादमा चीनले पाकिस्तानलाई पनि सहभागी गराउने प्रयास गरेको थियो। तर, एक सदस्यले देशले पाकिस्तानको सहभागीता नहुन नहुने भन्दै रोकेको थियो।'
 |  मंगलबार, असार १४, २०७९

बीबीसी

बीबीसी

मंगलबार, असार १४, २०७९

काठमाडौं- चीनमा यही जुन २३ र २४ मा सम्पन्‍न १४ औं ब्रिक्स सम्मेलनमा पाकिस्तानलाई सहभागी गराउने योजनामा भारतले ब्रेक लगाइ दिएको छ। पाकिस्तानी विदेश मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै ब्रिक्स सम्मेलनमा सहभागी गराउने चीनको योजनामा भारतले रोक लगाएको संकेत गरेको छ। यद्पि पाकिस्तानले भारतको नाम भने उल्लेख गरेको छैन। 

triton college

पाकिस्तानी विदेश मन्त्रालयले भनेको छ, 'ब्रिक्स सम्मेलनमा वैश्विक विकासका विषयमा भएको उच्चस्तरीय संवादमा चीनले पाकिस्तानलाई पनि सहभागी गराउने प्रयास गरेको थियो। तर, एक सदस्यले देशले पाकिस्तानको सहभागीता नहुन नहुने भन्दै रोकेको थियो।' 

ब्राजिल, रुस, भारत, चीन र दक्षिण कोरिया सम्मिलित समूह ब्रिक्समा चीनले गैर सदस्यको रुपमा पाकिस्तानलाई आमन्त्रण गर्न खोजेको जनाइएको छ। विदेश मन्त्रालयले भनेको छ, 'दुर्भाग्य, एक सदस्यले देशले पाकिस्तानलाई आमन्त्रण गर्ने कुरामा रोक लगाएको थियो। यस बैठकमा करिब दुई दर्जन गैर-सदस्य राष्ट्रहरु सहभागी भएका थिए।' 

पाकिस्तानले भविष्यमा ब्रिक्स समावेशी सिद्धान्तका आधचारमा विकासशील राष्ट्रको हितलाई प्राथमिकतामा राख्‍ने र संकिर्ण राजनीतिभन्दा माथि उठ्ने विश्‍वाससमेत व्यक्त गरेको जनाइएको छ।

corrent noodles
Metro Mart

पाकिस्तानी विदेश मन्त्रालयले चीनको तारिफ गर्दै चीनले विकासशील देशको हितलाई प्राथमिकतामा राखेको जनाएको छ। चीनसँग मिलेर विश्‍व शान्तिका लागि जोडदार आवाज उठाइरहने पनि पाकिस्तानले जनाएको छ। 

यसअघि पाकिस्तानमा सम्पन्‍न भएको इस्लामिक देशहरुको साझा संगठन (ओआईसी) मा पनि भारतलाई सहभागी गराउने अन्य मुलुकहरुको प्रयासमा पाकिस्तानले रोक लगाएको थियो। ओआईसीमा भारतलाई सदस्यता दिने कुराको पाकिस्तानले सुरुदेखि नै विरोध गरिरहेको छ। 

जुन २३-२४ मा बेइजिङ सम्मेलन ७५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्‍न भयो। १४ औं ब्रिक्स बेइजिङ घोषणापत्रमामा बहुपक्षवादप्रतिको प्रतिबद्धता, समावेशी, प्रतिनिधि तथा सहभागितामा आधारित र अन्तर्राष्ट्रिय कानुनमा आधारित विश्‍वव्यापी शासन व्यवस्था, अन्तर्राष्ट्रिय प्रणालीमा संयुक्त राष्ट्रसंघको केन्द्रीय भूमिकामा जोड दिनेलगायतका कुराहरु ७५ बुँदे घोषणापत्रमा उल्लेख गरिएका छन्। 

उक्त घोषणापत्रले विकुसित मुलुकहरुले कम विकसित र विकाशील मुलुकहरुलाई आर्थिक सहायता गर्ने नीति लिनुपर्ने पनि आग्रह गरिपएको छ। पछिल्लो परिवर्तन विश्व व्यवस्थामा बेइजिङ घोषणापत्रको विशेष महत्व रहेको चिनियाँ सञ्‍चारमाध्यम ग्लोबल टाइम्सले जनाएको छ। 

ग्लोबल टाइम्सले थप भनेको छ, 'रुस-युक्रेन युद्ध र महामारीको विषयलाई उठाएर ब्रिक्सबाट भारतलाई अलग गर्ने ब्रिक्सलाई विभाजित गर्ने अमेरिकाको सोच रहेको थियो। यद्पि ब्रिक्स उनीहरु (अमेरिका तथा पश्‍चिमा)ले डिजाइन गरेजस्तो विभाजित भएन र झन बलियो र एकबद्ध भएको सन्देश दिएको छ।' 

ब्रिक्स घोषणापत्रमा ८९ पटक 'विकास' र १०५ पटक 'सहकार्य' शब्दको प्रयोग गरिएको छ। चिनियाँ राष्ट्रपति सी जिनपिङले उद्घाटन सम्बोधनका क्रममा भने, 'ब्रिक्स मुलुहरु संकुचित क्लब र सीमित घेरामा रहनका लागि भेला भएको छैन। यो एक बृहत परिवार र पारस्परिक समर्थन र विन-विन सहकार्यका लागि एक ठाउँमा उभिएको छ।'

प्रकाशित: Jun 28, 2022| 06:30 मंगलबार, असार १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।