धनगढी– कैलालीको बुढीतोलामा नेपाली नागरिक लुटपाट गर्ने तीन जना भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा हरियाणाका २१ वर्षका भगत सिंह, १७ वर्षका साहिल बादलिसे र २० वर्षका सन्नी जेट रहेका छन्।
उनीहरूलाई गोदावरी नगरपालिका वडा नम्बर १ को जंगलबाट प्रहरीले पक्राउ गरेको हो । उनीहरू पक्राउ पर्नुअघि प्रहरीले उनीहरूले लुटेर लगेको ०१–२३–च ६०२१ नम्बरको कार फेला पारेको थियो ।
आज दिउँसो आलिताल गाउँपालिकाका कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारीलाई निर्घात कुटपिट गरी उनीहरु कार लुटेर फरार भएका थिए।
गोदावरी नगरपालिका वडा नम्बर १ स्थित ऐश्वर्य सामुदायिक वनमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए ।