आइतबार, फागुन १७, २०८२

नाटकीय रुपमा लुटिए आलिताल गाउँपालिकाका कम्प्युटर अपरेटर

पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलालीको गोदावरीमा गाडी धनीलाई कुटपिट गरी एउटा निजी गाडी लुटिएको छ।
 |  सोमबार, असार १३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार १३, २०७९

काठमाडौं– पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलालीको गोदावरीमा गाडी धनीलाई कुटपिट गरी एउटा निजी गाडी लुटिएको छ। 

डडेलधुराको आलिताल गाउँपालिकाका कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारीलाई कुटपिट गरेर उनको गाडी अपरिचित व्यक्तिले लुटेका हुन्।

महेन्द्रनगरबाट लिफ्ट मागेर आएका ३ जनाले गोदावरी–५ मा आइपुगेपछि कुटपिट गरेर गाडी लगेको भण्डारीले बताए। उनले भने, ‘महेन्द्रनगरबाट गाडीमा हालेर सँगै ल्याएको थिएँ, यहाँ रोकेर फोटो खिचौं भने।  ‘गाडी रोकेपछि ३ जनाले हातमुख बाँधेर ढुंगाले हानेर गाडी उतै फर्काएर लगे,’ उनले भने।

हात पछाडी बाँधेको अवस्थामा घाइते भएर सडक छेउमा लडिरहेका भण्डारीलाई गोदावरीकै नन्दराम देवकोटाले देखेपछि प्रहरीलाई खबर गरेका थिए।  घाइते भण्डारीको पद्मा अस्पतालमा उपचार भइरहेको र लुटिएको गाडी खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।


kumari

प्रकाशित: Jun 27, 2022| 15:27 सोमबार, असार १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।