सोमबार, चैत २, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • कम्बोडियाको संसदमा सबै सीटमा हुनसेनको पार्टी, प्रतिपक्षी बेन्च खाली

कम्बोडियाको संसदमा सबै सीटमा हुनसेनको पार्टी, प्रतिपक्षी बेन्च खाली

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
कम्बोडिया-कम्बोडियामा भएको निर्वाचनमा संसदका सबै सिटमा सत्तारुढ दल विजयी भएको घोषणा गरिएको छ । 

विपक्षी दलको सहभागीता नै नरहेको निर्वाचनमा सबै सिटमा सत्ताधारी नेता हुन सेनको पार्टी विजयी भएको घोषणा गरिएको हो । 

निर्वाचनको यो नतिजासँगै मुलुकमा एउटा मात्रै दलले शासन गर्ने अवस्था देखिएको छ भने विश्वभरीबाट निर्वाचनको औचित्य र वैधतामाथि प्रश्न उठाइएको छ । झण्डै ३३ वर्षदेखि शक्तिमा रहेका नेता हुन सेन फेरी शक्तिमै छ । 

राष्ट्रिय निर्वाचन आयोगका प्रवक्ताले एएफपीलाई दिएको जानकारीअनुसार निर्वाचनको अन्तिम नतिजा बुधबार घोषणा गरिएको हो । 

नयाँ नतिजाअनुसार हुन सेनको सत्तारुढ दल कम्बोडियन पिपल्स पार्टी (सीपीपी)ले संसदका सबै सिटमा जित हासिल गरेको छ । कम्बोडियाको संसदमा १२५ सिट रहेको छ । 

नतिजा सार्वजनिक भएसँगै अर्को महिना नयाँ सरकार गठन हुने अपेक्षा गरिएको अधिकारीहरुले बताएका छन् । तर विश्वसनीयता, वैधता र औचित्यसम्बन्धी विवाद भने कायमै रहने देखिएको छ । 

कम्बोडियामा गत जुलाई २९ मा भएको निर्वाचनको नतिजा निर्वाचन आयोगले बुधबार मात्रै सार्वजनिक गरेको हो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।