काठमाडौं- कर्णाली प्रदेशमा असार १५ गते (बुधबार) सार्वजनिक बिदा दिइएको छ। धान दिवसको अवसर पारेर प्रदेश सरकारले जुम्लाबाहेक कर्णालीका ९ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
मन्त्रिपरिषद्को गत चैत २९ गतेको निर्णयअनुसार बिदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचनामार्फत जानकारी गराएको छ।