सोमबार, असार ८, २०८३

हवाई इन्धनको मूल्य नघटाएकोमा आयोनको असन्तुष्टि

सरकारको निर्देशनबमोजिम नेपाल आयल निगमले शनिबार राति १२ बजेबाट लागु हुने गरी पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ र डिजेलमा २९ रुपैयाँले मूल्य घटाए पनि हवाई इन्धनको मूल्य नघटाएकाले संघले यस्तो माग गरेको हो।
 |  आइतबार, असार १२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार १२, २०७९

काठमाडौं- निजी वायुसेवा सञ्‍चालकहरुको छाता संस्था वायुसेवा सञ्‍चालक संघ नेपाल (आयोन) ले अन्य इन्धनको मूल्य घट्दा हवाई इन्धनको भने नघटेको असन्तुष्टि जनाउँदै मूल्य घटाउन माग गरेको छ। सरकारको निर्देशनबमोजिम नेपाल आयल निगमले शनिबार राति १२ बजेबाट लागु हुने गरी पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ र डिजेलमा २९ रुपैयाँले मूल्य घटाए पनि हवाई इन्धनको मूल्य नघटाएकाले संघले यस्तो माग गरेको हो। 

National life

संघले आइतबार विज्ञप्ति जारी गर्दै भनेको छ, ‘अन्य इन्धनको मूल्य कम गरे पनि हवाई इन्धन (आन्तरिक तथा बाह्य) को खुदा बिक्री मूल्य भने हाललाई यथावत् नै राख्‍ने गरी निगमबाट भएको मूल्य समायोजनप्रति यस संघको ध्यानाकर्षण भएको छ।’

अन्तर्राष्ट्रिय बजार बमोजिम आईओसी (भारतीय आयल निगम)ले रक्सौलमा उपलब्ध गराउने करबाहेकको खरिद मूल्यमा सरकारको अत्यधिक राजस्व तथा निगमको अत्यधिक नाफाका कारण नेपालमा हवाई इन्धनको मूल्य छिमेकी मुलुकको तुलनामा निकै महँगो रहेको संघको भनाइ छ। कोभिड महामारीका कारण ८ महिना हवाई सेवा पूर्ण रुपमा बन्द हुँदा वायुसेवा सबैभन्दा बढी मारमा परेको र विदेशी पर्यटक आगमनमा खासै सुधार हुन नसकेको हुनाले वायुसेवा कम्पनीहरुले धान्नकै लागि सस्तो भाडामा आफ्नो सेवा सञ्चालन गर्न बाध्य रहेको संघको भनाइ छ। 

हवाई सेवा सञ्चालन खर्चमध्ये ४० प्रतिशत हिस्सा हवाई इन्धनको हुने गरेको र  कोरोनाको मारमा परेका वायुसेवा उद्योगलाई पुनः स्थापित गर्न भारत, चीन लगायतका विभिन्न मुलुकहरुले हवाई इन्धनमा ५० प्रतिशतसम्म अनुदान दिने व्यवस्था गरेकोमा नेपाल सरकारले भने मूल्य बढाएकोमा संघको असन्तुष्टि छ। हवाई तथा पर्यटन उद्योगलाई धराशायी हुनबाट बचाउन हवाई इन्धनको अस्वाभाविक मूल्य वृद्धिलाई विश्व बजारको मूल्यसँग समायोजन हुनु जरुरी रहेको संघले बताएको छ। 

हवाई इन्धनको खुद्रा मूल्यमा सरकारी राजस्व घटाएर नेपाल आयल निगमले १० रुपैयाँ प्रतिलिटरभन्दा बढी मुनाफा नहुने गरी हवाई इन्धनको मूल्य समायोजनका लागि नेपाल सरकार तथा सम्बन्धित निकायमा संघले माग गरेको छ।

Shivam cement

प्रकाशित: Jun 26, 2022| 21:00 आइतबार, असार १२, २०७९
प्रतिक्रिया दिनुहोस्