शुक्रबार, पुस ४, २०८२

गर्मी छल्न कैलालीको खानीडाँडामा भारतीय पर्यटक

भारतको पलिया सम्पूर्णानगरबाट खानीडाँडा पुगेकी प्रोफेसर लक्ष्मी शर्माले यहाँको मौसम अत्यन्त सुन्दर र रमाइलो रहेको बताइन्। 'विशेष गरी गोदावरी धामसम्म घुम्‍न भनेर आएको थिएँ। साथीहरूले खानीडाँडा जाम मौसम राम्रो छ भन्‍नुभयो,' शर्माले भनिन्, 'वास्तवमै यहाँको मौसम रमाइलो र गर्मीबाट राहत दिने रहेछ।'
 |  आइतबार, असार १२, २०७९

भीम चौधरी

भीम चौधरी

आइतबार, असार १२, २०७९

धनगढी- तराईको उखरमाउलो गर्मी छल्न कैलालीको खानीडाँडामा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्‍ने गरेको छ। कैलालीको चुरे गाउँपालिका-५, खानीडाँडामा कैलालीको धनगढीबाट मात्र नभएर भारतीय पर्यटक समेत पुग्‍ने गरेका छन्। 

National life

१७ जनाको टोलीसहित खानीडाँडा पुगेका भारतको पलिया निवासी हरबिन्द सिंहले अहिले आफ्नो क्षेत्रमा चर्को गर्मी भएकाले गर्मी छल्न नेपालको खानीडाँडा पुगेको बताए। 

'पलियाबाट अत्यन्त नजिक र मौसममा धेरै भिन्‍नता भएकाले यहाँ पुगेका हौं,'हरबिन्द सिंहले भने, 'जस्तो सुनेको थिए, त्यस्तै सुन्दर ठाउँ र चिसो महसुस गरे।' उनले अर्को पटक धेरै जना लिएर सुन्दर नगरीमा घुम्‍ने आउने बताए। 

भारतको पलिया सम्पूर्णानगरबाट खानीडाँडा पुगेकी प्रोफेसर लक्ष्मी शर्माले यहाँको मौसम अत्यन्त सुन्दर र रमाइलो रहेको बताइन्। 'विशेष गरी गोदावरी धामसम्म घुम्‍न भनेर आएको थिएँ। साथीहरूले खानीडाँडा जाम मौसम राम्रो छ भन्‍नुभयो,' शर्माले भनिन्, 'वास्तवमै यहाँको मौसम रमाइलो र गर्मीबाट राहत दिने रहेछ।'

कैलालीको धनगढीको तापक्रम ३६ डिग्री हुँदा खानीडाँडामा भने तापक्रम २३ डिग्री रहने गरेको पाइन्छ। धनगढीबाट ४६ किलोमिटर उत्तरतर्फ भिमदत्त राजमार्ग अन्तर्गत कैलालीको खानीडाँडामा भने तराईको मौसमभन्दा निकै भिन्‍नता छ। समुन्द्री सतहबाट २३० मिटर उचाईमा अवस्थित खानीडाँडामा उष्ण मौसमी हावापानी पाइन्छ। केही समय अघिसम्म यस स्थानको महत्व त्यति थिएन्।

Laxmi sunrise bank
kumari

तर, पछिल्लो समय यो ठाउँ तराईबासी विशेषगरी धनगढीबासीका लागि मात्र नभएर भारतको उत्तरप्रदेशबाट समेत दैनिक सयौंको संख्यामा परिवारसहित गर्मी छल्न आउने गरेका छन्। पछिल्लो समय गर्मी छल्न तथा प्राकृतिक मनोरम दृष्यावोलकनका लागि भारतको पलिया, लखिमपुर, लखनऊ, दिल्ली, पञ्‍जाब र उत्तराखण्डका विभिन्‍न स्थानबाट भारतीय पर्यटकहरु आउने गरेको साइपाल रिसोर्टका सञ्‍चालक श्याम महराले बताए।

भारत र नेपालका विभिन्‍न स्थानबाट आउने पर्यटकहरु खानीडाँडाको मनोरम दृष्यावलोकन र शीतलताका कारण अत्यन्त प्रभावित भएर पटक-पटक आउने गरेको खानीडाँडामा रिसोर्ट सञ्चालन गर्दै आएका श्याम महराले बताए।

पर्यटकीय दृष्ट्रिले महत्वपूर्ण मानिने यो क्षेत्रलाई भौतिक रुपमा अझ सुधार गर्नुका साथै खानीडाँडाको सिरानमा रहेको कम्पासे धुराको प्रचारप्रसार गर्न सके गर्मीमा कैलालीकै उत्कृष्ट पर्यटकीय गन्तव्य बन्‍ने उनको बुझाइ छ। 


प्रकाशित: Jun 26, 2022| 19:26 आइतबार, असार १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।