आइतबार, जेठ ६, २०८१

रोनाल्डिन्होविरुद्ध खेल्दैछन् नेपालका रोहित

आज विश्वफुटबलका लिजेन्ड रोनाल्डिन्हो र नेपाली फुटबलका एक सफल खेलाडी रोहित चन्द एकअर्का विरुद्ध मैदान उत्रिएका छन्। अझ यो रात चन्दका लागि अविस्मरणीय बन्‍ने भएको छ।
 |  आइतबार, असार १२, २०७९

शिशिर बस्नेत

शिशिर बस्नेत

आइतबार, असार १२, २०७९

काठमाडौं- आज नेपाली फुटबल  खेलाडी र फुटबल प्रेमीका लागि सपनाको रात। सपनाको रात यसअर्थमा कि आज विश्वफुटबलका लिजेन्ड रोनाल्डिन्हो र नेपाली फुटबलका एक सफल खेलाडी रोहित चन्द एकअर्का विरुद्ध मैदान उत्रिएका छन्। अझ यो रात चन्दका लागि अविस्मरणीय बन्‍ने भएको छ। किनकी विश्व फुटबलको सबैभन्दा सफल टोली ब्राजिलका लिजेन्ड रोनाल्डिन्होसँग मैदानमा उत्रने अवसर कुनै पनि नेपाली खेलाडीले प्राप्त गरेका थिएनन्।

triton college

जादुयी खेल पस्किएर दुनियाँको मन जितेका रोनाल्डिन्होले रोहित सम्मिलित टोली पेर्सिक केडिरी एफसीले रोनाल्डिन्हो सम्मेलित टोलीसँग च्यारिटी म्याच खेल्दैछ। रोनाल्डिन्हो च्यारेटी म्याच खेल्न इन्डोनेसिया ओर्लिसकेका छन्। चन्द सम्मिलित पेर्सिक केडिरी एफसीले रोनाल्डिन्हो सम्मिलित रेन्स नुसनतारा एफसीविरुद्ध खेल्नेछ। दुई टोली बीचको खेललाई 'ट्रफियो रोनाल्डिन्हो' नामकरण गरिएको छ। प्रतियोगिता शनिबार राति मालाङस्थित कान्जुरुहान रंगशालामा हुनेछ। 

विश्व चर्चित खेलाडीसँग मैदान उत्रिने सपना हरेक खेलाडीको हुन्छ। अझ नेपालजस्तो फुटबलमा पछि परेको देशका खेलाडीका लागि त हुने नै भयो। तीमध्येका एक भाग्यमानी खेलाडी चन्द बन्‍नेछन्। जस्तोसुकै परिस्थितिमा पनि मुस्कानको जादू छर्ने रोनाल्डिन्होको चर्चा गरिरहन पर्दैन। किनकी विश्वभरका फुटबल प्रेमीका प्रिय खेलाडीकारुपमा उनी उभिएका छन्, उभिइरहनेछन्। 

ब्राजिलका लागि विश्वकप जितिसकेका रोनाल्डिन्होको खेल शैली मन नपराउने फुटबलप्रेमी सायदै कोही होलान्। विश्वकप, कोपा अमेरिका, च्याम्पियन्स लिग, बालोन डी'ओरलगायतका दर्जनौं उपाधि जितिसकेका उनी खेल शैली र मुस्कानका कारण प्रसिद्ध छन्।

 खेल समयावधिभर विपक्षी खेलाडीलाई आफूमा केन्द्रित गर्दै मैदानमा सधैँ हाबी हुन्थे। र उनको खेल कौशल हेर्ने जो कोही मन्त्रमुग्ध हुन्थे। तर रोनाल्डिन्होले आफ्नो खेलजीवन ३५ वर्षको उमेरमा टुंग्याए।

corrent noodles
Metro Mart

नयाँ पुस्ताका खेलाडीका आइडल रोनाल्डिन्हो फुटबलमा सबैभन्दा 'स्किलफूल' खेडाडीमध्येका हुन्। बार्सिलोना, पीएसजी, एसि मिलानजस्ता विश्वका ठूला क्लबमा उनले आफ्नो स्किल र मुस्कानका माध्यमबाट जादू छरेका छन्।


 अझ आफ्नो खेल जीवनको स्वर्णकाल स्पेनिस क्लब बार्सिलोनामा बिताए। कतिपयले उनलाई फुटबलका सुन्दर उपहारकारुपमा समेत परिभाषित गर्ने गर्छन्। हुन् पनि उनी त्यस्ता खेलाडी हुन्- जसले खेल समयावधिभर विपक्षी खेलाडीलाई आफूमा केन्द्रित गर्दै मैदानमा सधैँ हाबी हुन्थे। र उनको खेल कौशल हेर्ने जो कोही मन्त्रमुग्ध हुन्थे। तर रोनाल्डिन्होले आफ्नो खेलजीवन ३५ वर्षको उमेरमा टुंग्याए।

सन् २०१८ जनवरी १६ मा उनले सन्यास घोषणा गरेका थिए। उनको खेल जीवनका अनेक किस्सा छन्। र उनलाई मन नपराउने विश्व फुटबलमा विरलै होलान्। सक्रिय खेल जीवनमा ब्रेक लगाए पनि ४२ वर्षीय रोनाल्डिन्हो यदाकदा च्यारेटी म्याच खेल्न मैदानमा उत्रने गर्छन्, उही फूर्ती र मुस्कानका साथमा। आज उनी रोहितको टिमविरुद्ध उसैगरी मैदान छिर्नेछन्, रोनाल्डिन्हो। 

इन्डोनेसिया आएका रोनाल्डिन्होले मिडियासँग कुरा गर्दै भनेका छन्, 'म यहाँ आउन पाँउदा धेरै नै खुसी छु र म तयार पनि छु। म यहाँ दर्शकहरुलाई मनोरञ्जन दिने प्रयास गर्नेछु। यसअघि अन्य ब्राजिलियन खेलाडीहरु पनि यहाँ आएर खेलिसकेका छन्। त्यसैले म पनि यहाँ खेल्न धेरै आतुर छु।'

रोहित चन्द नेपालका ती स्टार खेलाडी हुन्- जसले इन्डोनेसियाको लिगमा आफूलाई सिद्ध गरिसकेका छन्। विदेशी लिग खेल्ने अवसर नेपाली खेलाडीले विरलै प्राप्त गरेका छन्। तीनै भाग्यमानी खेलाडी मध्येका एक हुन् रोहित। ३० वर्षीय रोहित सन् २०१७ मा इन्डोनेसिया पुगेका थिए।

उनले ०१७ देखि २०२२ सम्म पर्सिजा जाकार्ताबाट खेले। यो अवधिमा ११९ खेल खेलेका उनले १० गोल गरेका छन्। उनले जाकार्ताबाट लिग वान, इन्डोनेसिया प्रेसिडेन्ट कप र मेनपोरा कप जितेका छन्।  त्यसो त उनले २०१४-१५को सिजनमा समेत रोहितले जाकार्ताबाट खेलेका थिए। त्यो सिजनमा उनले ३० खेलमा ३ गोल गरेका थिए। त्यही सिजनमा त हो रोहितले डच क्लब आयाक्सविरुद्ध खेल्ने अवसर पाएका छन्। रोहित युरोपियन क्लबविरुद्ध खेल्ने पहिलो नेपाली खेलाडी समेत हुन्। नेपालका लागि भने उनले ७३ क्याप खेलेका छन्। यो सिजनमा भने उनी  पेर्सिक केडिरीमा आवद्ध भएका छन्।

इटालियन लिजेन्ड पाओलो माल्दिनीलाई आफ्नो आइडल मान्‍ने रोहित नेपालका सबैभन्दा धेरै कमाउने फुटबलर समेत हुन्। रोहितले अट्याकिङ मिडफिल्ड र डिफेन्स दुवै पोजिसनमा खेल्न सक्छन्।  
रोहित सम्मिलित टिम अघिल्लो सिजन शीर्ष डिभिजनमा बढुवा भएको थियो। आफ्नो टिम शीर्ष डिभिजनमा बढुवा भएपछि क्लबका मालिक इन्डोनेसियन चर्चित गायक तथा टिभी पर्सनालिटी रफी अहमद र रुडी सलिमले समर्थकहरुलाई सरप्राइज दिने दिने क्रममा गत मार्चको अन्तिममा रोनाल्डिन्होलाई इन्डोनेसियामा फुटबल खेल्न बोलाउने बाचा गरेका थिए। क्लबका मालिकले सोही वाचा पूरा गर्न शनिबार 'ट्रफियो रोनाल्डिन्हो'को आयोजना गरेका हुन्। 

इटालियन लिजेन्ड पाओलो माल्दिनीलाई आफ्नो आइडल मान्‍ने रोहित नेपालका सबैभन्दा धेरै कमाउने फुटबलर समेत हुन्। रोहितले अट्याकिङ मिडफिल्ड र डिफेन्स दुवै पोजिसनमा खेल्न सक्छन्।  

रोहितको खेल जीवनलाई केलाउने हो भने उनी ८ वर्षको उमेरदेखि नै फुटबल खेल्न थालेका थिए। १३ वर्षको उमेरमा उनी एन्फा एकेडेमीमा छनोट भए। त्यसपछि सन् २००८ मा यु-१६ राष्ट्रिय टिममा इरान जाने टिममा परे। यो उनको खेल जीवनको 'ट्रनिङ पोइन्ट' हो। त्यसपछि १६ वर्षे रोहितलाई नेपाली सिनियर राष्ट्रिय टिममा बोलाइयो। त्यसबेलासम्म उनले कुनै पनि क्लब तथा यु-१९ पनि खेलेका थिएनन्। उनले सन् २००९ मार्च २३ मा १६ वर्षको उमेरमा राष्ट्रिय टिममा डेब्यु गरे। उनी राष्ट्रिय टिममा डेब्यु गर्ने सबैभन्दा कान्छा खेलाडी समेत हुन्। 

रोहित किशोरावस्थाको बेलामा युरोपेली शिर्ष क्लब आर्सनल, टोटेनहम र लिलेसँग पनि जोडिएका थिए। तर उनले त्यहाँ गएर खेल्ने अवसर भने पाएनन्। खैर, सन् २०२२ जुन २६ रोहितको खेल जीवनको अविस्मरणिय दिन बन्‍नेछ, यसकारण कि उनी लिजेन्ड फुटबलर रोनाल्डिन्होविरुद्ध खेल्दैछन्।


प्रकाशित: Jun 26, 2022| 21:34 आइतबार, असार १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।