आइतबार, असोज ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सूर्या र ज्योति लाइफबीच मर्जमा जाने सहमति, आजै हुँदैछ हस्ताक्षर

सूर्या र ज्योति लाइफबीच मर्जमा जाने सहमति, आजै हुँदैछ हस्ताक्षर

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष केशवप्रसाद भट्टराई र ज्योति लाइफका अध्यक्ष नन्दकिशोर शर्माले आइतबार नै सहमतिपत्रमा हस्ताक्षर गर्ने तयारी भएको बताइएको छ।
 |  आइतबार, असार १२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार १२, २०७९

काठमाडौं- बिमा क्षेत्रको नियामक निकाय बिमा समितिले पुँजीवृद्धि नीति अघि सारेपछि बीमा कम्पनी मर्जमा जान थालेका छन्। पछिल्लो समय सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीबीच मर्जमा जाने सहमति भएको हो। दुवै कम्पनीले आइतबार (आज) साँझ नै सहमतिपत्रमा हस्ताक्षर गर्ने तय भएको छ।

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष केशवप्रसाद भट्टराई र ज्योति लाइफका अध्यक्ष नन्दकिशोर शर्माले आइतबार नै सहमतिपत्रमा हस्ताक्षर गर्ने तयारी भएको बताइएको छ। 

सेयर स्वाप रेसियो विस्तृत अडिट रिपोर्ट (डिडिए)पछि नै तय गर्ने गरी दुई कम्पनीबीच मर्जमा जान सहमत भएका हुन्। बीमा समितिले जीवन लाइफ इन्स्योरेन्स कम्पनीको लागि न्यूनतम ५ अर्ब र निर्जीवन जीवन बीमा कम्पनीको चुक्तापुँजी न्यूनतम साढे २ अर्ब रुपैयाँ पुर्‍याउनुपर्ने प्रावधान राखेपछि बीमा कम्पनीहरु एक आपसमा मर्ज हुन थालेका हुन्। 

हाल सूर्या लाइफ इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब ४२ करोड रुपैयाँ रहेको छ भने ज्योति लाइफको २ अर्ब २० करोड रुपैयाँ रहेको छ। यदि बराबरी हैसियतमा मर्जर भयो भने ४ अर्ब ६२ करोड रुपैयाँ पुग्नेछ। बाँकी ३८ अर्ब रुपैयाँ हकप्रद सेयर जारी गरी पुर्‍याउने तयारीमा रहेको सूर्या लाइफ इन्स्योरेन्सका एक सञ्चालकले जानकारी दिए। 

समितिले चैत १० गते कम्पनीहरुको चुक्ता पुँजीवृद्धि गर्ने निर्णय गरेको थियो। 

प्रकाशित: Jun 26, 2022| 16:08 आइतबार, असार १२, २०७९
प्रतिक्रिया दिनुहोस्