आइतबार, असोज ११, २०८३

सुनको मूल्यमा सामान्य वृद्धि

साता कारोबारको पहिलो दिन आइतबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा आज सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको हो।
 |  आइतबार, असार १२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार १२, २०७९

काठमाडौं- साता कारोबारको पहिलो दिन आइतबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा आज सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको हो। 

यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ८०० रुपैयाँ कायम भएको छ। 

शुक्रबार छापावाल सुनको मूल्य ९७ हजार २०० रुपैयाँ थियो। यस्तै, तेजाबी सुनको मूल्य तोलामा ९६ हजार ७०० रुपैयाँ थियो।

यसैगरी, आज सुनको मूल्य बढेको दिन चाँदीको मूल्य पनि बढेको छ। महासंघले आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको जानकारी दिएको छ। 

यससँगै, आज चाँदीको मूल्य प्रतितोला १ हजार २४५ रुपैयाँ छ। जुन, गत साताको शुक्रबार १ हजार २४० रुपैयाँ थियो।

प्रकाशित: Jun 26, 2022| 11:41 आइतबार, असार १२, २०७९
प्रतिक्रिया दिनुहोस्