आइतबार, असार २२, २०८२

धनकुटामा पोखरीमा डुबेर दुई बालकको मृत्यु

धनकुटामा पोखरीमा डुबेर दुई जना बालकको ज्यान गएको छ। धनकुटा नगरपालिका–६ पात्लेखोलाको किनारमा निर्माण गरिएको पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको हो।
 |  आइतबार, असार १२, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, असार १२, २०७९

vianetvianet

काठमाडौं- धनकुटामा पोखरीमा डुबेर दुई जना बालकको ज्यान गएको छ। धनकुटा नगरपालिका–६ पात्लेखोलाको किनारमा निर्माण गरिएको पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको हो।

पोखरीमा पौडी खेल्ने क्रममा धनकुटा नगरपालिका-४ का १५ वर्षीय सोनिम राई, धनकुटा नगरपालिका-२ का १४ वर्षीय उदय राईको डुबेर मृत्यु भएको हो। 

धनकुटा एग्रो टुरिजम एण्ड फन भ्यालीले पर्यटकका लागि बोटिङ गर्न र माछापालनको लागि बनाएको पोखरीमा शनिबार बिहान ती बालक पौडी खेल्न गएका थिए। 

पौडी खेल्ने क्रममा डुबेर बिहोस् भएका बालकको उद्धार गरी जिल्ला अस्पताल धनकुटा लगिएको थियो। उनीहरूको उपचारको क्रममा ज्यान गएको हो। 

उदयको जन्मदिनको अवसर पारेर उदयसहित स्वर्णीम र धनकुटा नगरपालिका–५ का सन्देश राई पात्लेखोला पौडी खेल्न गएका थिए। सन्देश भने सकुशल रहेका छन्। 

घटना पश्चात् जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी लक्ष्मीराज अधिकारीको कमाण्डमा गएको प्रहरी टोलीले उद्धार गरेको थियो।

प्रकाशित: Jun 26, 2022| 08:31 आइतबार, असार १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।