धनगढी- रगतको अभाव कम गर्न धनगढीमा गरिएको वृहत रक्तदान कार्यक्रममा १०२ जनाले रक्तदान गरेका छन्।
अत्याधिक गर्मीका कारण अस्पतालमा बिरामीको चाप बढेसँगै रगतको समेत अभाव भएकाले छठ पूजा समिति धनगढीले रक्तदान कार्यक्रमको आयोजना गरेको हो। समितिका अध्यक्ष सन्तोष मण्डलले रक्तदान कार्यक्रममा १०२ जनाले रक्तदान गरेको बताए।
रक्त सञ्चार केन्द्र धनगढीका प्रमुख धरणीधर पन्तले केहीदिन यता रगतको माग अत्याधिक भइरहेको बताए। शनिबार गरिएको रक्तदान कार्यक्रमले केही राहत पुग्ने उनले बताए।