शुक्रबार, वैशाख २८, २०८१

तीन दशकअघि 'दिवाना'ले जन्माएको सुपरस्टार

अरमान कोहलीले छाडेको ‘दिवाना’ फिल्ममा पहिलोपल्ट इन्ट्री पाएका बलिउड वादशाह शाहरुख खानको फिल्मी किस्सा।
 |  शनिबार, असार ११, २०७९

बीबीसी

बीबीसी

शनिबार, असार ११, २०७९

यो त्यो समयको कुरा हो, जब १९९२ मा अमिताभ बच्चन नायकको रूपमा बलिउडमा आफ्नो उपस्थिति जनाउँदै थिए। बच्चन बक्स–अफिसमा जमेका थिए तर उनको मुख्य नायकको युग अन्त्य हुन लागेको थियो।

triton college

आमिर र सलमान खान ‘कयामत से कयामत तक’ र ‘मैने प्यार किया’मार्फत दस्तक दिएका थिए तर पूर्ण रूपमा जमेका थिएनन्। नयाँ र पुरानोबीचको त्यो ठाउँ खाली थियो।

त्यसैबेला नयाँ निर्देशक राज कंवरले निर्माता गुड्डु धनोयासँग आफ्नो पहिलो फिल्म ‘दिवाना’ बनाउने सोच बनाए। त्यतिबेलाका रोमान्टिक नायक ऋषि कपुर र चर्चा कमाइरहेकी दिव्या भारतीसँग अर्का हिरो थिए, अरमान कोहली। फिल्म २५ जुन १९९२ मा रिलिज भएको थियो।

कसरी भयो शाहरुखको इन्ट्री?

‘दिवाना यूं तो’ दिव्या भारतीको कथा हो, जसको जीवन दुर्घटनाले भरिएको छ र जीवनले उनलाई कसरी फरक दिशामा लैजान्छिन् भन्ने पर्दामा देखाइएको थियो। ‘दिवाना’ ऋषि कपुरको पनि कथा हो, जसबाट कथा अगाडि बढ्छ।

corrent noodles
Metro Mart

यी दुवै फिल्मको सुरुआती पर्दादेखि लगभग अन्त्यसम्मै टिक्छन्। दोस्रो नायकको भूमिकामा अरमान कोहली थिए। त्यो पात्र कथाको तेस्रो कोण थियो। दुर्भाग्यवश अरमान कोहलीले फिल्म छाडे र भूमिका नयाँ नायकको हातमा गयो। उनले टिभीमा धेरै हिट सिरियल दिए तर नायकको एउटा पनि फिल्म रिलिज भएको छैन।

२ घन्टा ३५ मिनेटको ‘दिवाना’ फिल्मको पर्दामा पूरै फोकस ऋषि र दिव्यामाथि केन्द्रित छ। फिल्ममा दुवैका चार वटा रोमान्टिक गीत आएका छन्। चलचित्रमा प्रेम, विवाह, मृत्यु आदि सबै कुरा भएको छ।

चलचित्र यस्तै ट्रयाकमा चलिरहेको छ। सबैको नजरमा त्यो क्षण फ्रिज फ्रेमजस्तै हो, जब अर्को नायकले मुम्बईको सडकमा यामाहा नम्बर ए–७७५५ नम्बरको बाइक चलाउँछन्।

शहरुखको फिल्मी करियरको सुरुआत
होर्डिङमा ‘जान से प्यारा’ र ‘ए मेरी बेखुदी’ जस्ता धेरै फिल्मको पोस्टर राखिएको छ। त्यसपछि सबैलाई थाहा थिएन कि आउँदा दिनमा यी बाइक राइडिङ केटाको फिल्मको पोस्टर वास्तविक जीवनमा यी होर्डिङमा लगाइनेछ।

त्यो नायकको नाम शाहरुख खान थियो। ‘दिवाना’ उनको पहिलो फिल्म थियो, जुन २५ जुन १९९२ मा रिलिज भएको थियो। अरमान कोहलीको हातबाट गएको फिल्मले बलिउड फिल्म उद्योगलाई नयाँ सुपरस्टार दिएको छ।
सेकेन्ड लिड भएका नायक बलिउडको नम्बर एक हिरो बन्न लागेको कसैलाई थाहैै थिएन।

‘दिवाना’ पहिलो रिलिज भएको हुन सक्छ। तर जब शाहरुखलाई यो फिल्मका लागि साइन गरिएको थियो, तब प्रारम्भिक संघर्षपछि उनले चार–पाँच वटा फिल्म साइन गरेका थिए । जस्तै, ‘दिल आशना है’, ‘राजु बन गया जेन्टलम्यान’, ‘मिरेकल,’ ‘किंग अंकल’। उनको पहिलो फिल्म हेमा मालिनीको ‘दिल आशना है’ थियो। यो फिल्ममा दिव्या भारती पनि नायिका थिइन् भने यसमा शाहरुखको मुख्य भूमिका थिएन।

जब शेखर कपुरले शाहरुखलाई फिल्ममा भूमिका दिलाए

टाइम्स अफ इन्डियालाई दिएको अन्तर्वार्तामा निर्माता गुड्डु धनोयाले शेखर कपुरले धेरै आग्रह गरेपछि मात्रै आफू शाहरुखलाई भेट्न राजी भएको बताएका छन्।

शाहरुखले चार–पाँच फिल्मका लागि डेट दिएका थिए तर ‘दिवाना’का लागि मात्र मिति नरहेको बताएका थिए। तर शाहरुखलाई कथा मन प¥यो र निर्मातालाई नायक मन प¥यो। दुवै पक्षले ‘ओके’ भनेपछि फिल्म साइन गरिएको हो। संयोगवश हस्ताक्षर भएका सबै फिल्मको बीचको समय ‘दिवाना’को छायांकन सकियो र पहिला रिलिज भयो।

यो फिल्म सन् १९९२ मा जब थिएटरमा आयो, फिल्म हिट र गीतहरू सुपरहिट भए। ऋषि कपुर पहिलेदेखि नै स्टार थिए। फिल्मका खलनायक अमरिश पुरी पनि चर्चित थिए। तर दिव्या भारती र शाहरुख रातारात स्टार बने र राज कंवरले डेब्यू गरेसँगै फिल्ममा आफूलाई स्थापित गरे।

फिल्मको सफलतामा शाहरुखले के भने?

 

शाहरुख खानको 'दिलवाले दुल्हनिया ले जायेंगे' फिल्मको एक दृश्य।

 

जिद्दी, धनी, लापर्वाह, अज्ञानी केटादेखि हृदय भावुक प्रेमीसम्म, राजाको भूमिकामा रहेका शाहरूख सफल भएका थिए। यसमा कुनै नयाँ कुरा थिएन। यस भूमिकामा न  शाहरुख मुख्य नायक थिए, न त उनले पूरा स्क्रिन–टाइम पाएका थिए, न त उनले यो भूमिकामा कुनै उत्कृष्ट अभिनय कौशल देखेका थिए। 

त्यतिबेला शाहरुखले फिल्मफेयरमा दिएको अन्तर्वार्तामा भनेका थिए, ‘फिल्मले राम्रो गरेकामा म निर्देशक, निर्माताका लागि धेरै खुसी छु। तर यो सफलतामा मलाई लाग्दैन कि मैले राम्रो काम गरें। यो नराम्रो काम थियो। अश्लील, अव्यवस्थित, ओभर एक्टिङ। म यसका लागि पूर्ण जिम्मेवारी लिन्छु।’

उनले भनेका थिए, ‘मसँग स्क्रिप्ट पनि थिएन। ‘दिवाना’को छायांकन धेरै पछि सुरु हुने थियो। तर अन्य केही फिल्मको सुटिङ रद्द भयो। त्यसैले मैले त्यो मिति ‘दिवाना’लाई दिएँ। जब मैले आफूलाई पर्दामा देखें, म असहज भएँ। मलाई फिल्ममा दर्शकले मन पराउनु अचम्मको कुरा हो। सायद म नयाँ अनुहार भएकाले होला। तर म ‘दिवाना’मा गरेको काम सम्झन वा दोहो¥याउन चाहन्नँ।’

सन् १९९२ मा आएको ‘दिवाना’मा केही यस्तो थियो कि मानिसले शाहरुखलाई मन पराए। सायद मानिसले शाहरुखमा केही नयाँ, केही ताजा, केही फरक पाएका थिए। त्यतिबेला हिन्दी फिल्महरू अमिताभ बच्चनपछि नयाँ राजाको खोजीमा थिए।

सन् १९९२ मा फिल्म समीक्षक निख्त काजमीले लेखे, ‘शाहरुखको भूमिका उही पुरानो र जीर्ण छ तर उसले यसमा नयाँ ऊर्जा भर्न सक्षम भयो। आक्रोशित, विद्रोही र अन्योलमा परेको तर मार्मिक प्रेमीको भूमिकालाई उसले चित्रण गर्ने तरिका ताजा हावाको सासजस्तै थियो। ‘दिवाना’बाट नयाँ प्रतिभा निस्किएको छ।’

रोमान्स किंग कसरी बने शाहरुख?
शाहरुख पछि पर्दामा जुन कोमलता, सम्बन्ध र रोमान्सका लागि परिचित भए, उनको पहिलो झलक ‘दिवाना’मै देखियो। राजा (शाहरुख) एक धनी बुबाको जिद्दी, आवारा छोरा आफ्नो पहिलो पति गुमाएकी केटी (दिव्या भारती) को प्रेममा पागल हुन्छ र उनको हृदयमा कसैका लागि ठाउँ छैन। बेचैन राजा रातभर सुत्छ।

फिल्मका पात्र उनै राजा भित्तामा टाउको ठोकेर भन्छन्, ‘हरेकपल्ट उसको तस्बिर मेरो आँखा अगाडि उभिन्छ र म त्यो तस्बिरलाई हरेक पल्ट भन्छु जा.. टाढा जा.., मेरो पछि नलाग। तर हरेक पटक उसको अनुहारमा यसरी झलक आउँथ्यो, बादलबाट चन्द्रमा निस्किएझैं। लाग्छ, म मायामा परेको छु’

शाहरुखमा रहेको त्यो ‘कौशल’ को पहिलो झलक पनि ‘दिवाना’मा देखियो। ‘ऐसी दिवांगी देखी नही’ गीत सम्झनुभयो भने जसमा शाहरुख एक्रोबेटिक प्रस्तुति दिँदै आएका छन् र हात फैलाएर आफ्नो मनको कुरा भन्छन्।

त्यतिबेला ती हात फैलाएर माया व्यक्त गरेजस्तो लाग्छ। अहिले पनि कतिपयका लागि त्यो दोहोरिने पोज बनेका छन्। शहरुखसँगै दिव्या पनि ‘दिवाना’बाट निकै चर्चित भइन्। दिव्याको ‘दिवाना’ फिल्ममा ऋषि कपुरको भन्दा कम चर्चा भएन।

जब दिव्या र राज कंवरको सानै उमेरमा निधन भयो

कलेज पढेकी एउटी मुस्कुराएकी केटी जब प्रेममा परेकी प्रेमिका, श्रीमती, विधवा र त्यसपछि पुनः विवाह गरेकी दिव्याले नयाँ नायिकाको रूपमा जीवनको चौबाटोमा उभिएकी महिलाको भूमिका निर्वाह गरेकी छन्। उनको स्क्रिन उपस्थिति अचम्मको थियो। शाहरुख र दिव्या दुवैले त्यही वर्ष डेब्यु फिल्म फेयर अवार्ड पाएका थिए।

यसलाई अनौठो संयोग मान्नुपर्छ, दिव्या भारती र फिल्मका निर्देशक राज कंवर दुवैको सानै उमेरमा मृत्यु भयो। २५ जुन १९९२ मा ‘दिवाना’ रिलिज भएको एक वर्षभन्दा कम समयपछि ५ अप्रिल १९९३ मा दिव्या भारतीको १९ वर्षको उमेरमा मृत्यु भयो। दिव्या किशोरी थिइन्, जब उनले वेंकटेशसँग पहिलो पटक तेलुगु र तमिल फिल्ममा सन् १९९० मा काम गरेकी थिइन्।

जब ‘दिवाना’ फिल्मका गीतहरूले धुम मच्याए
३० वर्षपछि पनि ‘दिवाना’ फिल्म र यसका गीतहरू चर्चित छन्। फिल्म हिट हुनुमा यसको संगीतलाई महत्वपूर्ण कारण मानिन्छ। यो त्यो जमानाको कुरा हो, जब चलचित्रहरू संगीतबिना पनि सफल हुन्थे।

फिल्म फेयरसँगको पुरानो अन्तर्वार्तामा शाहरुखले भनेका थिए, ‘फिल्मको सफलतामा ‘दिवाना’को संगीतले ठूलो भूमिका खेलेको थियो। म चाहन्छु, मानिसले भनून् फिल्मको संगीत राम्रो छ। तर शाहरुख त्योभन्दा राम्रा छन्।’

समीरले लेखेका गीतलाई नदीम श्रवणको संगीतमा समेटिइएको थियो। त्यो नदीम श्रवणको उरुज ऊर्जाको जमाना थियो। उनले सन् १९९० मा ‘आशिकी’, १९९१ मा ‘साजन’ र १९९२ मा ‘दिवाना’ले लगातार तेस्रो पटक फिल्म फेयर पुरस्कार प्राप्त गरेका थिए।

गायक कुमार सानुले ‘सोचेंगे तुम्हे प्यार करीँ की नही’का लागि फिल्म फेयर अवार्ड जिते भने समीरले ‘तेरी उम्मेद तेरा इंतजार’का लागि उत्कृष्ट गीतकारको फिल्म फेयर अवार्ड पाए।

शाहरुखबाट दिवानाजस्तै ताजापनको अपेक्षा


फर्किएर हेर्दा ‘दिवाना’ एउटा साधारण चलचित्रजस्तो देखिन्छ। आजको मापन हेर्दा फिल्ममा दिव्या भारतीको स्वीकृतिबिना शाहरुखले ठक्कर दिने, उनको घरमा आउनु, रङ लगाउने आदि काम सेमिस्टकिङजस्तो देखिन्छ।

तर यो ९० को दशकको संवेदनशीलताको फिल्म थियो। फिल्मको ड्रामा र सस्पेन्सले तपाईंलाई अन्तिमसम्म जोगाइराख्छ। हिन्दी फिल्ममा दुई नायक भए एक मर्ने र अर्को बाँच्ने चलन छ। फिल्ममा शाहरुख खान र ऋषि कपुरको बीचमा तीन वटा दृश्य छन्। एउटा दृश्यमा शाहरुखले ऋषि कपुरलाई आफ्नो पार्टीमा ल्याउँछन् र उनलाई अँगालो हाल्छन्।

त्यो फ्रेममा दुई नायक थिए। एक ७०/८० को दशकको रोमान्टिक नायक र अर्को, जसलाई आगामी दिनमा रोमान्सको राजा भनेर चिनिने वाला थियो। यिनका फ्यान भारतबाट मात्रै नभई बेलायत, जर्मनी, स्विट्जरल्यान्ड, दुबई, कतार, अफगानिस्तानमा पनि थिए।

‘दिवाना’ले संसारलाई दियो शाहरुख खान
आफ्नो पहिलो सफल इनिङपछि शाहरुख अहिले करियरको यस्तो मोडमा उभिएका छन्, जहाँ फ्यान र समीक्षक दुवैले उस्तै ताजगीको अपेक्षा गरेका छन्। उही ताजापन, जो बाइक सवार राजा ‘दिवाना’ ले उनीबाट ल्याएका छन्।

वा ‘माया मेमसाब’को नवीनता, ‘कभी हाँ कभी ना’का सुनीलको निर्दोषपन, ‘बाजिगर’को आतंक, ‘चक दे इन्डिया’को जोश, ‘ओम शान्ति ओम’को नयाँ क्रेज बोकेको दिवानगी।

(भारतीय भाषाकी टीभी एडिटर वंदनाले तयार पारेको सामग्री पवन घिमिरेले भावानुवाद गरेका हुन्।)

प्रकाशित: Jun 25, 2022| 12:54 शनिबार, असार ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।