पोखरा- पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य र प्रमुख प्रशासकीय अधिकृत बलराम रिज्यालले माफी मागेपछि पोखराको नगरसभा सुरु भएको छ। बजेट अघि नै रातो किताब छाप्नु गल्ती भएको स्वीकार गर्दै उनीहरूले माफी मागेपछि नगर सभा सुरु भएको हो।
नगर सभामा महानगरका उपप्रमुखले बजेट प्रस्तुत नगर्दै रातो किताब बाँडिएपछि एमालेका नगर सभा सदस्यहरुले बजेट पुस्तिका नै च्यातिदिएका थिए। यसपछि उनीहरूले सभा बहिष्कार गरेका थिए। सभामा एमालेको बहुमत छ।
एमालेको बहिष्कारपछि बसेका सर्वपक्षीय बैठकमा बजेटअघि रातो किताब छाप्नु गल्ती भएको भन्दै नगर प्रमुख र प्रमुख प्रशासकीय प्रमुखले माफी मागेको एमाले नेतृ राधिका योगीले बताइन्।
अहिले उपप्रमुख मञ्जुदेवी गुरुङले बजेट प्रस्तुत गरिरहेकी छन्।
भिडियो