शुक्रबार, मंसिर १२, २०८२

अमृता मृत्यु प्रकरण : ७३औं दिनमा अन्त्येष्टि

बिहीबार प्रहरीले घटनाको अनुसन्धानमा कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धता सहित सहमति जुटेपछि दाहसंस्कार गरिएको उनको भनाइ छ। अमृताको नाममा अक्षयकोष बनाउन र छोराको शिक्षादिक्षाका लागि १४ लाख रुपैयाँ उनकै नाममा बैंकमा राखिदिन घरपक्ष सहमत छ।
 |  शुक्रबार, असार १०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १०, २०७९

बुटवल- रुपन्देही तिलोत्तमा नगरपालिकाकी अमृता टन्डनको मृत्यु भएको ७३ दिनपछि शुक्रबार अन्त्येष्टि गरिएको छ। तिलोत्तमा नगरपालिका-२ जानकीनगरकी अमृताका माइती पक्षले शव बुझेपछि शुक्रबार मगरघाटमा दाहसंस्कार भएको हो।

National life

रहस्यमय रुपमा मृत्यु भएकी अमृताको न्यायको माग गर्दै माइती पक्षले शव बुझ्न नमानेपछि उनको अन्त्य रोकिएको थियो। अमृताको मृत्युका विषयमा अनुसन्धान प्रक्रिया अघि बढाउन प्रहरी तयार भएपछि माइती पक्षले शव बुझेको र दाहसंस्कार गरिएको अमृताका दाजु पुष्पक खत्रीले बताए।  

बिहीबार प्रहरीले घटनाको अनुसन्धानमा कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धता सहित सहमति जुटेपछि दाहसंस्कार गरिएको उनको भनाइ छ। अमृताको नाममा अक्षयकोष बनाउन र छोराको शिक्षादिक्षाका लागि १४ लाख रुपैयाँ उनकै नाममा बैंकमा राखिदिन घरपक्ष सहमत छ।

गएको चैत ३० गते राति अमृताको रहस्यमय मृत्यु भएपछि माइतीपक्ष आन्दोलनमा उत्रिएका थिए। लामो समय आन्दोलनमा उत्रिएपछि पनि माग सुनुवाइ नभएको भन्दै माईती पक्षले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा शव राखेका थिए।  

माइतीबाट ३ सय मिटरको दुरीमा रहेको घर पुगेको अमृताको डेढ घण्टाको अवधिमा विष सेवन गर्नु रहस्यमय मानिएको छ। अमृताको मृत्युपछि श्रीमान प्रेम टन्डन प्रहरी हिरासतमा छन्। अमृताका छोराको उमेर ८ वर्ष छ। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Jun 24, 2022| 15:38 शुक्रबार, असार १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।