शुक्रबार, पुस ४, २०८२

उकालो लाग्दै कोरोना संक्रमणको ग्राफ

पछिल्ला दुई दिनमा थप १२ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको स्वास्थ्य निर्देशनालय दीपायलले जनाएको छ। निर्देशनालयको तथ्याङ्कमा गएको २४ घण्टामा नौ जनामा यो रोगको सङ्क्रमण भएको उल्लेख छ।
 |  शुक्रबार, असार १०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १०, २०७९

धनगढी- सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेको छ। गएको फागुनदेखि कोरोना भाइरसको सङ्क्रमण दर घट्दै गएकामा पछिल्ला केही दिनदेखि सङ्क्रमण बढ्न थालेको हो।  पछिल्ला दुई दिनमा थप १२ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको स्वास्थ्य निर्देशनालय दीपायलले जनाएको छ। निर्देशनालयको तथ्याङ्कमा गएको २४ घण्टामा नौ जनामा यो रोगको सङ्क्रमण भएको उल्लेख छ।

National life

कोरोना भाइरसको आशङ्कामा बुधबार ३५९ जना र आज बिहीबार ३२८ जनाको नमूना परीक्षण गरिएको थियो। पछिल्ला दिनमा यो रोगको सङ्क्रमण दर केही बढे पनि फागुनयता रोगले हुने मृत्युदर भने शून्य छ।

छिमेकी देश भारतमा यो रोगको सङ्क्रमण बढेसँगै नेपालमा पनि यो रोगको सङ्क्रमण बढ्ने जोखिम देखिएकोे सीमा नाकामा खटिएका स्वास्थ्यकर्मीको भनाइ छ।

सीमा नाकामा रोकथामका लागि गर्नुपर्ने सतर्कतामा लापरवाही भइरहँदा यो रोगको सङ्क्रमण बढ्न थालेको बताइएको छ। सीमानाका हुँदै भित्रिनेको नमूना परीक्षणको कामलाई प्रभावकारी बनाउँदै सङ्क्रमण फैलिन नदिन आवश्यक व्यवस्था गर्नुपर्ने स्वास्थ्यकर्मीले बताएका छन्।

सुदूरपश्चिम प्रदेशका विभिन्न सीमा नाकाबाट बुधबार ६६४ र आज  ५८७ जना नेपाल भित्रिएको जनाइएको छ। सीमा नाकामा कोरोनाको लक्षण देखिएका व्यक्तिको मात्र एन्टिजेन विधिबाट नमूना परीक्षण हुने गरेको छ।

Laxmi sunrise bank
kumari

प्रदेशमा हालसम्म खोप दिनुपर्ने लक्षित जनसङ्ख्या २२ लाख ८३ हजार ३८८ मध्ये अधिकांशले पूर्णमात्राको खोप पाइसकेको निर्देशनालयले जनाएको छ। पछिल्ला दिनमा कोरोनाविरुद्धको खोप नपाएका बालबालिकालाई खोप दिन सुरु गरिएको छ।

प्रकाशित: Jun 24, 2022| 06:00 शुक्रबार, असार १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।