शनिबार, वैशाख २२, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • 'बुटवल मण्डप' गिरिजाको नामबाट राख्‍ने प्रस्तावमा एमालेको विरोध

'बुटवल मण्डप' गिरिजाको नामबाट राख्‍ने प्रस्तावमा एमालेको विरोध

आर्थिक वर्ष ०७९-८० को नीति कार्यक्रममा नगर प्रमुख खेलराज पाण्डेले बुटवल मण्डपको जग्गा प्राप्तिमा तत्कालीन कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजाको योगदान रहेको तर्क गर्दै बुटवल मण्डपको नाम गिरिजा प्रसाद कोइराला मण्डप राख्‍न नीति तथा कार्यक्रममा लिखित प्रस्ताव गरेका थिए। यो प्रस्ताव गरेपछि बुटवलमा यसको विरोध भएको छ।
 |  बिहीबार, असार ९, २०७९

विनोद परियार

विनोद परियार

बिहीबार, असार ९, २०७९

बुटवल- बुटवल उपमहानगरले सार्वजनिक गरेको नीति कार्यक्रममा 'बुटवल मण्डप'को नाम परिवर्तन गरी स्व. गिरिजाप्रसाद कोइराला बुटवल मण्डप नामाकरण गर्ने प्रस्ताव गरेपछि यसको विरोध भएको छ। आर्थिक वर्ष ०७९-८० को नीति कार्यक्रममा नगर प्रमुख खेलराज पाण्डेले बुटवल मण्डपको जग्गा प्राप्तिमा तत्कालीन कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजाको योगदान रहेको तर्क गर्दै बुटवल मण्डपको नाम गिरिजा प्रसाद कोइराला मण्डप राख्‍न नीति तथा कार्यक्रममा लिखित प्रस्ताव गरेका थिए। यो प्रस्ताव गरेपछि बुटवलमा यसको विरोध भएको छ।

triton college

प्रस्तावप्रति नगर सभा वैठकमै एमालेका जनप्रतिनिधिले असहमति जनाएका थिए भने सामाजिक सञ्‍जालमा विभिन्‍न दल निकटका व्यक्तिहरुले विरोध जनाएका छन्। लेखक मनिकर कार्कीले सरकारी खर्चबाट काम हुनेगरी सञ्‍चालित परियोजना वा संस्थाहरूको नामाकरण कुनै अमूक पार्टी नेताको नामबाट गरिने परम्परा सामन्तवादी संस्कृति भएको बताएका छन्। उनले बुटवलको नामाकरणको सन्दर्भलाई लक्षित गरि सामाजिक सञ्जालमा   नेताको नाउँमा जोड नगर्न सुझाव दिएका छन्।

बुटवल उपमहानगरपालिकाले स्व. गिरिजा प्रसादको नाम जोड्दै बुटवल मण्डप राख्‍ने नीति कार्यक्रम ल्याएपछि बुटवल वडा नं ११ का वडा सदस्य नकुल शाही ठकुरीले यो प्रस्ताव स्विकार गर्न नसक्ने बताए। एमालेसँगै स्वयं कांग्रेसकै सक्रिय कार्यकर्ताले समेत सामाजिक सञ्जालमार्फत यो प्रस्तावको विरोध गरेका छन्। 

कांग्रेसका सक्रिय कार्यकर्ता हरि क्षेत्रीले बुटवल मण्डपको नामकरण नेताको नामबाट भन्दा स्थानीय संकृति, सम्पदा वा ऐतिहासिक पहिचानबाट राख्दा राम्रो हुने सुझाव दिएका छन्। पत्रकार डीआर घिमिरेले गिरिजा प्रसादको नाममा कुनै पार्क वा सडकको नाम राख्न सकिएला तर बुटवल मण्डपको राख्‍न नसकिने तर्क गरेका छन्। उनले सामाजिक सञ्जालमा बुटवल मण्डपको नाम धेरै सोंचविचार गरर राखेको बताउँदै नाम फेरेर विवाद र मनमुटाव सिर्जना भएको बताए।

एमालेद्वारा प्रस्ताव फिर्ता लिन माग

corrent noodles
Metro Mart

नेकपा एमाले बुटवल नगर कमिटीले प्रस्ताव फिर्ता लिन माग गरेको छ। नेकपा एमाले बुटवल उपमहानगरद्धारा बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै पुर्ववत नाम कायम नगरे पार्टीले बुटवल मण्डपको नाम फेर्ने  प्रस्ताव व्यक्तिवादी र  आत्मकेन्द्रीत भएको आरोप लगाएको छ। 

नगर अध्यक्ष किसन ज्ञवालीले जारी गरेको विज्ञप्तिमा बुटवल मण्डप राष्ट्रिय गौरवको धरोहर भएको र कुनै पार्टीको प्रतिष्ठान नभएको उल्लेख छ। बुटवल मण्डपलाई देशकै प्रमुख आयोजनामा सूचिकृत गर्न, गुरुयोजनादेखि टेण्डर र निर्माण चरणसम्म रुपन्देही २ का सांसद विष्णु पौडेलको योगदान रहेको दावी गरिएको छ। बुटवल उपमहानगरपालिका–१०, रामनगरस्थित बुटवल मण्डपमा अन्तर्राष्ट्रिय स्तरको उच्च प्रविधियुक्त ‘बुटवल प्रदर्शनी केन्द्र’ निर्माणधिन छ।

प्रकाशित: Jun 23, 2022| 20:26 बिहीबार, असार ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।