सोमबार, मंसिर २५, २०८०

मल कारखाना स्थापनाको सम्भाव्यता अध्ययन गर्दै बागमती सरकार

युरिया मल उत्पादनको सम्भाव्यता अध्ययन गर्न बागमती प्रदेश सरकार र काठमाडौं विश्वविद्यालयबीच सम्झौता भएको छ। प्रदेशको पशुपन्क्षी विकास मन्त्रालय र विश्वविद्यालयबीच आज अध्ययन सम्झौता भएको हो।
 |  बिहीबार, असार ९, २०७९
averest bankaverest bank

नेपाल समय

नेपाल समय

बिहीबार, असार ९, २०७९

sagarmatha cement
Metro Mart
worldlink

काठमाडौं- युरिया मल उत्पादनको सम्भाव्यता अध्ययन गर्न बागमती प्रदेश सरकार र काठमाडौं विश्वविद्यालयबीच सम्झौता भएको छ। प्रदेशको पशुपन्क्षी विकास मन्त्रालय र विश्वविद्यालयबीच आज अध्ययन सम्झौता भएको हो। 

पशुपक्षी विकास मन्त्री वसुन्धरा हुमागाईं र विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापाले युरिया मल उत्पादनसम्बन्धी सम्भाव्यता अध्ययन र विस्तृत परियोजना प्रतिवेदन निर्माण गर्ने सम्झौतामा हस्ताक्षर गरेका हुन्। 

प्रदेश सरकारले छ महिनाभित्र सम्भाव्यता अध्ययन सकिने गरी भएको सो सम्झौताका आधारमा युरिया मल कारखाना खोल्ने प्रक्रिया अगाडि बढाउने मन्त्री हुमागाईंले जानकरी दिए।

प्रकाशित: Jun 23, 2022| 22:25 बिहीबार, असार ९, २०७९
kumari bankkumari bank
Everest bankEverest bank
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्