सोमबार, वैशाख ८, २०८२

दार्चुलामा कैदीबन्दीलाई कोरोनाविरुद्धको खोप

जिल्ला कारागार दार्चुलाका कैदीबन्दीलाई कोरोनाविरुद्धको खोप लगाइएको छ। जिल्ला अस्पताल दार्चुलाका स्वास्थ्यकर्मीले कारागारभित्रै कैदीबन्दीलाई कोरोनाविरुद्धको बुस्टर डोज दिएको हो।
 |  बिहीबार, असार ९, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, असार ९, २०७९

vianetvianet

दार्चुला- जिल्ला कारागार दार्चुलाका कैदीबन्दीलाई कोरोनाविरुद्धको खोप लगाइएको छ। जिल्ला अस्पताल दार्चुलाका स्वास्थ्यकर्मीले कारागारभित्रै कैदीबन्दीलाई कोरोनाविरुद्धको बुस्टर डोज दिएको हो।

triton college

यसअघि कोरोना खोप लगाउन छुटेका तथा बुस्टर डोज लगाउन बाँकी कैदीबन्दीलाई कोरोनाविरुद्धको खोप दिइएको जिल्ला कारागार दार्चुलाका निमित्त जेलर रामराज पन्तले बताए। 

कारागारमा रहेका २९ जना कैदीबन्दी तथा दुई जना कर्मचारीलाई कोरोनाविरुद्धको खोप लगाइएको हो। कारागारमा हाल ५२ जना कैदी र १९ जना बन्दी रहेका छन् भने एक जना महिला बन्दी छन्। कारागारमा कैदीबन्दी क्षमताभन्दा बढी भएपछि यो वर्ष एक कोठा थप निर्माण गरिएको पन्तले बताए।

‘घ’ श्रेणीको कारागारमा २५ जना पुरुष र १५ जना महिला कैदीबन्दीको क्षमता हो। कारागार जीर्ण भए पनि मर्मत गर्दै कैदीबन्दी राख्ने व्यवस्था मिलाइएको कारागार प्रशासनले जनाएको छ।

प्रकाशित: Jun 23, 2022| 23:20 बिहीबार, असार ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।