शुक्रबार, कात्तिक २८, २०८२

नगरसभा बसेको खुसीयालीमा सार्वजनिक बिदा

विगतमा पनि नगरसभा सम्पन्न भएको भोलिपल्ट सार्वजनिक बिदा दिने प्रचलन रहेकाले त्यसलाई निरन्तरता दिइएको नगरपालिकाले जनाएको छ।
 |  बिहीबार, असार ९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार ९, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा नगरसभा बसेको खुसीयालीमा सार्वजनिक बिदा दिइएको छ। नगरपालिकाले भोलि (शुक्रबार)  नगरपालिका र नगर अन्तर्गत रहेका सम्पूर्ण कार्यालयहरुमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

विगतमा पनि नगरसभा सम्पन्न भएको भोलिपल्ट सार्वजनिक बिदा दिने प्रचलन रहेकाले त्यसलाई निरन्तरता दिइएको नगरपालिकाले जनाएको छ।

‘नगरपालिकाको असार ९ गते ११औं नगरसभा सफलतापूर्वक सम्पन्न भएकोमा १० गते शुक्रबारका दिन नगरपालिका र नगरअन्तर्गत रहेका सम्पूर्ण कार्यालयहरुमा सार्वजनिक बिदा दिने व्यहोरा आदेशानुसार अनुरोध छ,’ प्रमुख प्रशासकीय अधिकृत अमरप्रसादले विज्ञप्ति जारी गर्दै भनेका छन्।

प्रकाशित: Jun 23, 2022| 14:18 बिहीबार, असार ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।