काठमाडौं- नेपाल राष्ट्र बैंकले बिहीबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२५ रुपैयाँ १२ पैसा र बिक्री दर १२५ रुपैयाँ ७२ पैसा कायम गरेको छ।
युरो एकको खरिद दर १३१ रुपैयाँ ६३ पैसा र बिक्री दर १३२ रुपैयाँ २६ पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १५३ रुपैयाँ २८ पैसा र बिक्री दर १५४ रुपैयाँ ०१ पैसा छ। यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ६६ पैसा र बिक्री दर १३० रुपैयाँ २८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ
अस्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ३१ पैसा र बिक्री दर ८६ रुपैयाँ ७२ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ३९ पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ ८५ पैसा छ।
जापानी येन १० को खरिद दर ९ रुपैयाँ १९ पैसा र बिक्री दर ९ रुपैयाँ २४ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ६३ पैसा र बिक्री दर १८ रुपैयाँ ७२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ ३५ पैसा र बिक्री दर ३३ रुपैयाँ ५१ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३४ रुपैयाँ २५ पैसा र बिक्री दर ३४ रुपैयाँ ४२ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ४० पैसा छ भने बिक्री दर २८ रुपैयाँ ५४ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ६० पैसा र बिक्री दर ९ रुपैयाँ ६५ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ। -यस्तो छ आजको विनिमय दर