मंगलबार, वैशाख २५, २०८१
  • गृहपृष्ठ
  • राजनीति
  • स्वतन्त्र व्यक्तिको 'सफलता'बाट हौसिएर स्वतन्त्र पार्टी, पुरानालाई कति चुनौती?

स्वतन्त्र व्यक्तिको 'सफलता'बाट हौसिएर स्वतन्त्र पार्टी, पुरानालाई कति चुनौती?

रविकै भाषा अनुसार राजनीतिक फोहोर सफा गर्न हिलोमा छिरिसकेका छन्। अब राजनीति सफा गर्ने सन्दर्भमा हिलोसँगको पौठाजोरी र धुलोसँगको मुकाविला कसरी गर्लान्? त्यो समयसँगै खुल्दै जानेछ।
 |  बुधबार, असार ८, २०७९

तीर्थराज बस्नेत

तीर्थराज बस्नेत

बुधबार, असार ८, २०७९

काठमाडौं- प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति घोषणा भइसकेको छैन। मंसिर पहिलो साता निर्वाचन गर्ने तयारी भइरहेको प्रधानमन्त्री शेरबहादुर देउवाले बताउँदै आएका छन्। सरकारको तयारीअनुसार नै हिसाब गर्ने हो भनेपनि निर्वाचन आउन अझै ५ महिना छ। मुख्य राजनीतिक दलहरूले स्थानीय तह निर्वाचन परिणामकै समीक्षा गरिसकेका छैनन्। स्थानीय तहको निर्वाचनको समीक्षा नसक्दै दलले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारी थाल्ने कुरै भएन।  

triton college

तर, प्रतिनिधि सभा सदस्यको निर्वाचनको माहौल भने तात्न थालिसकेको छ। स्वतन्त्र उम्मेदवारी र पार्टी घोषणाको क्रम बढेसँगै निर्वाचनको माहौल तात्न थालेको हो। स्थानीय चुनावको परिणाम सार्वजनिक हुने बित्तिकै प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी घोषणा गर्ने क्रम स्वतन्त्र उम्मेदवारले सुरु गरेका हुन्। यो क्रम जारी छ।

स्थानीय तहको निर्वाचनमा पराजित भएकादेखि दल छाडेकासम्मले स्वतन्त्र उम्मेदवारी घोषणा गरी चुनावी माहौल सिर्जना गरिरहेका छन्। भिन्न पेसा/व्यवसायमा सक्रिय रहेकाहरू राजनीतिमा प्रवेश गर्ने क्रमसमेत सुरु भएको छ। कोही स्वतन्त्र उम्मेदवारी दिएर राजनीतिक मैदानमा प्रवेश गरेको घोषणा गरिरहेका छन् भने केहीले समानुपातिक मत ‍तान्न दल घोषणा थालेका छन्। 

मंगलबार मात्रै सञ्चारकर्ममा सक्रिय रहेका रवि लामिछानेले दल घोषणा गरे। उनले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेर निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिइसकेका छन्। उनको दलको प्रस्तावित चुनाव चिन्ह घण्टी राखिएको छ। लामिछाने नेतृत्वको दलको नामका विषयमा निर्वाचन आयोगमा उजुरी पर्ने क्रम पनि जारी छ। सामाजिक सञ्जालमा समेत पार्टीको नाम स्वतन्त्र हुन सक्छ वा सक्दैन भनेर पक्षविपक्षमा बहस भइरहेका छन्। 

प्रकाशित: Jun 22, 2022| 21:10 बुधबार, असार ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...