शुक्रबार, मंसिर १२, २०८२

लुम्बिनीमा चालक र यात्रुसँग १ मिनेट अभियान सुरु

लुम्बिनी प्रदेशमा सवारी दुर्घटना न्युनिकरणका लागि ‘चालक तथा यात्रुसँग १ मिनेट’ अभियान सुरु भएको छ। दुर्घटना न्युनिकरण तथा सवारी नियमको पालनाका विषयमा चालक र यात्रुलाई सचेत गराउने उद्देश्यले चालक तथा यात्रुसँग १ मिनेट अभियान सुरु गरिएको हो।
 |  सोमबार, असार ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार ६, २०७९

बुटवल-  लुम्बिनी प्रदेशमा सवारी दुर्घटना न्युनिकरणका लागि ‘चालक तथा यात्रुसँग १ मिनेट’ अभियान सुरु भएको छ। दुर्घटना न्युनिकरण तथा सवारी नियमको पालनाका विषयमा चालक र यात्रुलाई सचेत गराउने उद्देश्यले चालक तथा यात्रुसँग १ मिनेट अभियान सुरु गरिएको हो।

National life

अभियानको सोमबार साँझ बुटवलबाट शुभारम्भ गरिएको हो। रात्रिकालीन बसमा दुर्घटना बढ्न थालेपछि बुटवल हुँदै काठमाडौं हिँडेको बसका चालक तथा यात्रुसँग सवारी दुर्घटनाबारे जानकारी दिँदै सचेतना जगाउने गरी अभियानको थालनी गरिएको लुम्बिनी  प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक नलप्रसाद उपाध्यायले बताए। उनले प्रदेशमा  दुर्घटना न्युनिकरणमा चालक र यात्रुको अह्म भूमिका हुने भएकाले जिम्मेवार र सचेत गराउन अभियान फलदायी हुने विश्वास लिए।

प्रहरी नायब महानिरिक्षक उपाध्यायले चालकहरुको सहजताका लागि प्रदेशका ४ स्थानमा रिफ्रेस सेण्टर संचालनमा आएको समेत बताए। लामो दूरीका सवारी चालकलाई केही समय आराम, फ्युल भर्ने र सवारी साधनको मर्मत सम्भार समेत गर्न मिल्ने गरी कोहलपुर, लमही, सैनामैना र बर्दघाटमा रिफ्रेस सेण्टर सञ्‍चालनमा आएको लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआइजी उपाध्यायले बताए। अभियानको पहिलो दिन बुटवलको राजमार्ग चौराहामा रात्रीबसका चालक तथा यात्रुहरुलाई यात्रामा अपनाउनु पर्ने सावधानीका बारे जानकारी गराइएको थियो।

लुम्बिनी  प्रदेशका सबै जिल्लामा अभियानका रुपमा कार्यक्रमको थालनी गरिएको लुम्विनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाले जानकारी दिए। 

पश्चिम नेपाल यातायात प्रालिका अध्यक्ष दधिराम खरेलले ४० भन्दा बढी यात्रु बोक्ने बसका चालकहरुलाई ट्राफिक प्रहरीले जरिवान असुल गर्ने गरेकोमा प्रहरीलाई राम्रो व्यवहार गर्न आग्रह गरे। उनले सवारी दुर्घटना न्यूूनिकरणमा आफूहरु पनि हातमा हात मिलाउन तयार रहेको बताए।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jun 20, 2022| 19:11 सोमबार, असार ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।