सोमबार, चैत २, २०८२

इटालीमा पुल भत्किँदा मृत्यु हुनेको संख्या ३८ पुग्यो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
रोम- इटालीको उत्तरपश्चिमी बन्दरगाह शहर जेनोअमा एउटा पुल भत्किँदा मृत्यु हुनेको संख्या ३८ पुगेको छ । ए १० सडक अन्तर्गतको पुल भत्किएर रेलमार्गमा खस्दा उनीहरुको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । 

दुर्घटनामा परी केही व्यक्तिहरु अझै हराइरहेको  इटालीको टेलिभिजन च्यानल स्काई टिजी २४ ले जानकारी गराएको छ । गम्भिर घाइते भएकाहरुको संख्या थुप्रै भएकाले मृतकको संख्या अझै बढ्न सक्ने इटालकिा उप–मन्त्री एडोआर्डो रिक्सीलाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।

पुलको भग्नाबशेषमा परेको आशङ्कामा त्यसलाई हटाउने कार्य स्थानीय नागरिक र सुरक्षाकर्मीले संयुक्त रूपमा गरिरहेको मन्त्री रिक्सीले बताएका छन् । 'अहिलेसम्म ३८ जनाको मृत्यु भएको जानकारी प्राप्त भएको छ । गम्भिर विरामीको संख्या धेरै भएकाले मृतकको संख्या अझै बढ्न सक्छ ।' उपमन्त्री रिक्सीले भने । 

घटनास्थलमा पुगेका एएफपीका फोटो पत्रकारले भने पुल भत्किएसँगै केही कार र ट्रकहरू भग्नाबशेषमा फसेका छन् भने पुलबाट सिमेन्टले बनेका पथ्थरका ठूलाठूला टुक्राहरूले नजिकैका घरहरूमा समेत क्षति पुगेको बताइएको छ । इटालियाली सञ्चारमाध्यमका अनुसार मोरान्डी पुलको २०० मिटर भाग भत्किएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।