मंगलबार, साउन १९, २०८३

नक्कली शैक्षिक प्रमाणपत्रसहित तीन पक्राउ

प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र बनाई विभिन्न प्रयोजनमा प्रयोग गर्ने तीन अभियुक्तलाई पक्राउ गरेको छ।
 |  सोमबार, असार ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार ६, २०७९

काठमाडौं- प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र बनाई विभिन्न प्रयोजनमा प्रयोग गर्ने तीन अभियुक्तलाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेहरूमा गोरखा बारपाक सुलिकोट-७ का ३७ वर्षीय विकाश अमगाईं, काभ्रे पनौती नगरपालिका-२ कुशादेवीका ३७ वर्षीय राजकुमार हुमागाईं र वनस्थलीका ४० वर्षीय मोहन पुडासैनी रहेका छन्।

पक्राउ परेका हुमागाईंसँग बिएको र अमगाईंसँग प्रोफिसेन्सी डिग्रीको नक्कली शैक्षिक प्रमाणपत्र फेला परेको छ। उक्त प्रमाणपत्र बनाउने धन्दा पुडासैनीले गरेका थिए। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकृत एसपी कृष्ण कोइरालाले घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको जानकारी दिए।

प्रकाशित: Jun 20, 2022| 13:25 सोमबार, असार ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।