बुधबार, कात्तिक १९, २०८२

इन्धनमा मूल्यवृद्धिविरुद्ध सडक अवरुद्ध

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा यातायात व्यवसायीले कोशी लोकमार्ग अवरुद्ध पारेका छन् ।
 |  सोमबार, असार ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार ६, २०७९

विराटनगर– पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा यातायात व्यवसायीले कोशी लोकमार्ग अवरुद्ध पारेका छन् ।

Kumaribank

मूल्यवृद्धिको विरोधमा कोशी लोकमार्ग अन्तर्गत विराटनगर महानगरपालिका–३ तथा ४ को राजवंशी चोक र दूध फारमनजिक सवारीसाधन तेर्स्याएर यातायात व्यवसायीले सडकमा अवरोध गरेका हुन्।

सार्वजनिक सवारीका सञ्चालकले दुवै तर्फको सडकमा चक्काजाम गरेर सवारीसाधन सञ्चालनमा अवरोध गरेको प्रहरीले जनाएको छ। यातायात व्यवसायीले सरकारले गरेको मूल्यवृद्धि तत्काल फिर्ता हुनुपर्ने माग राखेका छन्। इन्धनमा मूल्यवृद्धि हुँदा सवारीका साधन सञ्चालन गर्न सक्ने अवस्था नभएको उनीहरुको भनाइ छ। 

यता विराटनगर बजार क्षेत्रमा अटो चालकहरुले प्रदर्शन गरेका छन्। अटो सहित प्रदर्शनमा उत्रिएका उनीहरुले नगरको विभिन्न भागको परिक्रमा गरेका थिए। मूल्य वृद्धि गर्ने नेपाल आयल निगम र सरकार विरुद्ध अटो चालकहरुले चर्को नारावाजी गरेका थिए।

प्रकाशित: Jun 20, 2022| 13:13 सोमबार, असार ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।