शनिबार, मंसिर ६, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • खेलमा राजनीति गर्‍यो भने खीरमा गोबर हालेजस्तो हुन्छ : मन्त्री गहतराज

खेलमा राजनीति गर्‍यो भने खीरमा गोबर हालेजस्तो हुन्छ : मन्त्री गहतराज

युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजले फिफा र एएफसीको नियमको कारण आफूहरूले खेलाडी र प्रशिक्षकको विवादमा हात नहालेको बताएका छन्।
 |  सोमबार, असार ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार ६, २०७९

काठमाडौं- युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजले फिफा र एएफसीको नियमको कारण आफूहरूले खेलाडी र प्रशिक्षकको विवादमा हात नहालेको बताएका छन्।

National life

अखिल नेपाल फुटबल संघ (एन्फा)को २१औं साधारण सभामा बेल्दै मन्त्री गहतराजले खेलकुदमा धेरै राजनीति घुसाउनु नहुने बताएका हुन्। उनले भने, ‘खेलमा राजनीति गर्‍यो भने खीरमा गोबर हालेजस्तो हुन्छ। त्यसैले खेलमा पोलिटिक्स गर्नु हुँदैन। अहिले एन्फामा खेलाडी प्रशिक्षक विवाद भइरहेको छ। तर हामीले त्यो विषयमा सीधा हस्तक्षेप गर्नु हुँदैन। एएफसी र फिफाको नियमका कारण हामीले हस्तक्षेप गर्न  मिल्दैन।’

मन्त्री गहतराजले नेपालमा राम्रो गर्न खोज्दा नराम्रो हुने बताएका छन्। 'नेपाली मिठो कुरा नेपालीलाई पच्दैन भन्ने उखानै छ। नेपालीको बुद्धि पछि आउँछ भन्ने उखान पनि छ,' उनले भने, ‘यस्तै नियति मैले नजिकबाट भोगेको छु। विभेदपूर्ण व्यक्तित्व भएका साथीहरू पनि हुनुहुन्छ।' उनले एन्फामा भइहरेको विवादलाई इंगित गर्दै उक्त कुरा बताएका हुन्।

२१औं साधारण सभाबाट एन्फाको चुनाव पनि हुँदैछ। चुनावी मैदानमा अहिलेका अध्यक्ष कर्मा छिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङ आगामी कार्यकालका लागि अध्यक्ष पदमा भिड्दैछन्। सबै २१ पदमा उनीहरू टिम बनाएर चुनावी प्रतिस्पर्धामा छन्।

यसै क्रममा मन्त्री गहतराजले अहिलेसम्म भइरहेको कामको समीक्षा गर्दै अघि बढ्नुपर्ने बताएका छन्। उनले भने, ‘चार वर्षको कामको सीमा र समस्याबाट शिक्षा लिएर अघि जानुपर्छ। त्यसलाई देशका विभिन्न क्षेत्रबाट आएका प्रतिनिधिले व्याख्या गर्नुहोस् भन्ने लागेको छ। काम गर्न नसक्दा के भएका छन्। त्यसबाट शिक्षा लिएर अघि बढ्नुपर्छ। गहिरो समीक्षा प्रतिनिधिले गर्नुपर्छ, जसबाट एउटा नजिता निस्कियोस्।’

Laxmi sunrise bank
kumari

उनले निर्वाचनबाट नतिजाले नेपालको फुटबललाई नयाँ ठाउँमा पुर्‍याउन सक्ने नेतृत्व आउने आफूले विश्वास लिएको बताए। 

मन्त्री गहतराजले लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व छनोट गर्न अनुरोध गरेका छन्। पछिल्लो समय नेपाल लामो समयपछि साफको फाइनलमा पुगेको थियो। तर उपाधि जित्न सकेन। ‘१७ १८ वर्षपछि साफको फाइनल पुगेको हो। दोस्रो भएका खेलाडीलाई पनि हामीले पुरस्कृत गरेका छौं,’ उने भने, ‘खेलाडीलाई यस्तो कुराले मोटिभेसन दिन्छ।’

त्यस्तै पछिल्लो समय रुसको भ्रमणमा रहेको समयमा पनि उनले खेल विकासका कुरा गरेको बताए। त्यसमा पनि हाइ अल्चिट्युट को पूर्वाधार निर्माणको काम गर्ने चासो लिएको बारे कुरा भएको उनले बताएका छन्। विशेष गरी बक्सिङको सन्दर्भमा कुराकानी भएको उनले जानकारी दिए। त्यस्तै, उनले कतारसँग फुटबलको सहयोग थप पाइने संकेत गर्दै काम गरिरहेको बताएका छन्।

प्रकाशित: Jun 20, 2022| 12:02 सोमबार, असार ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।