बुधबार, साउन २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लागूऔषध मुद्दाका अभियुक्त अदालत परिसरबाटै भागेपछि...

लागूऔषध मुद्दाका अभियुक्त अदालत परिसरबाटै भागेपछि...

लागूऔषध मुद्दामा म्याद थपको लागि काठमाडौं जिल्ला अदालत पुर्‍याइएका अनिल ठाकुर आइतबार अदालत पुगाएको केही समयमै भागेका थिए।
 |  सोमबार, असार ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार ६, २०७९

काठमाडौं- लागूऔषध मुद्दामा म्याद थपको लागि काठमाडौं जिल्ला अदालत पुर्‍याइएका अनिल ठाकुर आइतबार अदालत पुगाएको केही समयमै भागेका थिए।

तर, उनलाई प्रहरी भागेको केही समयमै पक्राउ गर्न सफल भएको छ। सप्तरी कचन गाउँपालिका-२ घर भएर काठमाडौं तिलगंगा बस्दै आएका २८ वर्षीय ठाकुरलाई प्रहरीले केही अन्तरालमै पक्राउ गरेको हो।

अदालतबाट भागेको सूचना ललितपुर र भक्तपुर प्रहरी इकाइ समेतलाई पठाइएको थियो। 

काठमाडौं प्रहरीका एसपी दिनेशराज मैनालीका अनुसार त्यसपछि उपत्यकाका प्रहरी सूक्ष्म तवरले सक्रिय भयो। सोही क्रममा नगर प्रहरी कार्यालय, भृकुटीमण्डप, प्रहरी वृत्त सिंहदरबार, जनसेवा, नयाँ बानेश्‍वर, गौशाला, दरबारमार्ग, कालीमाटी, थानकोट, प्रहरी प्रभाग कोटेश्‍वर, नागढुङ्गा र इप्रका फर्पिङ लगायतलाई विशेष तवरले परिचालन गराइएको थियो। 

त्यसलगत्तै जिल्ला प्रहरी परिसर काठमाडौंबाट विशेष प्रहरी इकाइलाई अनुसन्धानका विविध विधि र प्रविधिमार्फत अनुसन्धान गर्न खटाइएको थियो। 

जिल्ला प्रहरी परिसरको उक्त विशेष प्रहरी इकाइ र प्रहरी प्रभाग कोटेश्‍वरबाट संयुक्तरुपमा खटिएको प्रहरी टोलीले परिणामतः चेकजाँचको क्रममा राति साढे ८ बजे कोटेश्‍वरस्थित आकाशे पुल नजिकबाट ठाकुरलाई पुनः नियन्त्रणमा लिएको हो। यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Jun 20, 2022| 06:43 सोमबार, असार ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।