बुधबार, असार ३, २०८३

आधा दर्जन ठाउँमा पहिरो : बेसीसहर–चामे सडक अवरुद्ध

गए रातिदेखि परेको अविरल वर्षाका कारण बेँसीसहर–चामे सडकखण्डको आधा दर्जन स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ।
 |  सोमबार, असार ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार ६, २०७९

लमजुङ- गए रातिदेखि परेको अविरल वर्षाका कारण बेँसीसहर–चामे सडकखण्डको आधा दर्जन स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ।

National life

यस सडक खण्डमा पर्ने बेँसीसहर नगरपालिका–६ खरखरे भिर, बेलौती विसना, मस्र्याङ्दी गाउँपालिकाका खुदी, खुदी भुलभुले लगायतका स्थानमा पहिरोले सडक अवरुद्ध भएको डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालय लमजुङका सूचना अधिकारी एवं इञ्जीनियर पुरुषोत्तम अधिकारीले जानकारी दिए।

मनाङ र लमजुङ जोड्ने एकमात्र बेँसीसहर–चामे सडक हो। खरखरेमा मर्स्याङ्दी नदीले तलबाट सडक तान्ने र सडकमाथिबाट ठूला–ठूला ढुङ्गा, माटोसहितको पहिरोले सडक अवरुद्ध भएको छ।

यस्तै यस सडकखण्डका विभिन्न स्थानमा सडकमाथिबाट पहिरो आउँदा सडक अवरुद्ध भइरहेको स्थानीयवासीको भनाइ छ। यी स्थानको अवरुद्ध सडक खुलाउनका लागि तत्काल सम्भव नभएको इञ्जीनियर अधिकारीको भनाइ छ।

यस सडकमा बर्सेनि पहिराले पटक–पटक सडक अवरुद्ध हुँदा यात्रुले सास्ती भोग्दै आएका छन्। विशेषगरी मनाङका स्थानीय बेँसीसहर हुँदै विभिन्न जिल्ला जानका लागि एकमात्र सडक रहेकाले यो सडक बन्द हुँदा समस्यामा पर्ने गर्दछन्। - रासस

Shivam cement

प्रकाशित: Jun 20, 2022| 06:34 सोमबार, असार ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।