आइतबार, जेठ ६, २०८१

एन्फा चुनाव : सबैको नजर अध्यक्ष पदमा

‘फुटबललाई केहि गर्ने उद्देश्यले नाम दर्ता गराएको हो। तर यहाँको राजनीति मैले १५ दिनमै बुझिसकेको छु। मलाई लाग्छ मैले जित्दिन। यहाँ अर्कै प्रकारको माहोल रहेछ। त्यसैले म आफ्नो नाम फिर्ता लिँदैछु,’ उनले पत्रकार सम्मेलनमा भनेका छन्।
 |  सोमबार, असार ६, २०७९

विनय सापकोटा

विनय सापकोटा

सोमबार, असार ६, २०७९

काठमाडौं- बुढानीलकण्ठमा अखिल नेपाल फुटबल संघ (एन्फा)को चुनावी साधारणसभा हुँदैछ। पहिलो पूर्ण चिर्वाचनबाट अध्यक्ष बनेका कर्मा छिरिङ शेर्पाले आफ्नै कार्यकालका बरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङविरुद्ध चुनाव लड्दै छन्। यी दुवैले आआफ्नो पूर्ण टिम बनाएका छन्।

triton college

एन्फाको चुनावमा अबदेखि सबै पदाधिकारीको छिनोफानो चुनावबाटै हुले अघिल्लो साधारणसभाले नै टुंगो गरिसकेको छ। यसअघि १७ जनाको निर्वाचन हुनेमा यो वर्षबाट चो २१ जनाकै टुंगो चुनाबाट लाग्दैछ। फलस्वरुप दुवै पक्षले निर्वाचनमा होमिने २१ जनाको नाम तयार पारिसकेका छन्।

चुनावी प्रतिस्पर्धाका दौरान पछिल्लो एन्फामा प्रतिस्पर्धा र त्यसको तामझाम धेरै देखिन्छ। दुवै वक्षले सामाजिक सञ्जालमा पनि ठूलो रकम चर्खिएका छन्। त्यति मात्र होइन चुनावी मैदानमा केहि मानिस प्यानल बाहिरबाट पनि देखिएका छन्।

यस्तै एक पात्र हुन, कृष्ण मुरारी गुरुङ। उनले चाहिँ शनिबार दिउँसो पत्रकार सम्मेलन आयोजना गर्दै आफू निर्वाचनमा सहचागी नहुने बताएका छन्। सिन्धुली जिल्लालाई भोटिङ राइटबाट हटाएका भन्दै जिल्लाको फुटबल संघलाई समर्थन एन्फाको निर्णाको विरोधस्वरुप आफ्नो नाम फिर्ता लिएको गुरुङको भनाई छ।

‘फुटबललाई केहि गर्ने उद्देश्यले नाम दर्ता गराएको हो। तर यहाँको राजनीति मैले १५ दिनमै बुझिसकेको छु। मलाई लाग्छ मैले जित्दिन। यहाँ अर्कै प्रकारको माहोल रहेछ। त्यसैले म आफ्नो नाम फिर्ता लिँदैछु,’ उनले पत्रकार सम्मेलनमा भनेका छन्।

corrent noodles
Metro Mart

उनीसँगै पत्रकार सम्मेलन आयोजना गर्नेमा अर्का पात्र दिए कुमार कटुवाल। उनी पनि यि दुवै प्यानलमा छैनन्। तर आफूले जित्नेमा विश्वस्त देखिन्छ उनी। बुटबलबाट आएका उनको भोटिङ राइट भने छैन। यद्यपी उनले धेरैलाई आफ्नो बसमा पारेको दाबी गर्छन्।

‘मैले भोटिङ राइट पाएका सबैजसो मानिसलाई भेटेको छु। उहाँहरुले मजस्तो मानिस कार्यसमितिमा आउनुपर्छ भन्नुभएको छ,’ कुमारले भनेका छन्, ‘त्यसैले पनि मैले जित्छुजस्तै लागेको छ।’

प्यानलबाहिरकै उम्मेद्वारको चर्चा गर्न भने राजीव पौडेलको कुरा गर्नुपर्ने हुन्छ। उनले कर्मा र पंकजलाई चूनौति दिँदै अध्यक्षमा उम्मेद्वारी दर्ता गराएका छन्। अहिले उनी एन्फाको मार्केटिङ एन्ड एजुकेसन समितिका प्रमुख छन्। अहिलेका वरिष्ठ उपाध्यक्ष र अध्यक्षले आ–आफ्नो प्यानल बनाएर चुनावमा भिडिरहेको समयमा आफ्नो उम्मेदवारीले फरक तरंग ल्याउने पौडेलले दाबी गरेका छन्। उनले भनेका छन्, ‘मेरो यो घोषणाले वैचारिक बहस सुरु हुनेछ। अहिले एन्फामा गुट र उपगुट छ, त्यसले नेपाली फुटबललाई कहिले पनि फाइदा गर्दैन। आउने पुस्ताका लागि यो उम्मेदवारीले मुद्दा दिनेछ। साथै मेरो योजना फुटबल विकासमा रहेको छ।’

यसले दुवै प्यानलको अध्यक्षमा उम्मेद्वारी दर्ता गरेकाको भोट प्रभाव पार्ला भन्ने शंका पनि नगरिएको होइन। तर दुवै पक्षधरहले आआफ्नै गणना गरिरहेका छन्। ४८ भोटको हाराहारी मत पाएर जित निकाल्ने दुवै पक्षको अनुमान रहेको छ। यता, कर्मा पक्षले त आफ्नो पक्षमा ५४ भोट रहेको र उनीहरुको हस्ताक्षर पनि सुरक्षित रहेको जानकारी दिइसकेको छ।

सदाबहार खेलाडी इन्द्रमान

संकटा फुटबल क्लबका अध्यक्ष र एन्फाका महासचिव हुन इन्द्रमान तुलाधर। एन्फाका सदावहार खेलाडी उनी चुनावी प्रतिस्पर्धामा चाहिँ छैनन्। त्यो किनभने उनी महासचिवमै दोहारिने अभिप्रायमा छन्।

पहिले संकटा क्लबबाटै घरेलु फुटबल खेलेका तुलाधर १५ वर्षयता एन्फाको माथिल्लो तहमै बसेर काम गरिरहेका छन्। पदाधिकारीमा जो बदलियोस् एउटा स्थान भने बदलिएको छैन। त्यहि स्थानमा रहन्छन इन्द्रमान।

उनी गणेश थापाको पालमा पनि केन्द्रमै थिए, पछि गीता राणाको पक्षमा रहे भने अहिले कर्माछिरिङ शेर्पाको पक्षमा रहेका छन्। एकपटक उनले राखेपमा फुटबलको नयाँ संघ नै दर्ता  गरे। त्यो संघमा महासचिव रहेकै समयमा एन्फाको सीईओ नियुक्त भए। त्यसपछि फेरि एन्फामै छन् उनी। 

कर्मा र पंकजको नापजाँच

कर्माले काम गर्नका लागि थप एक कार्यकाल मागेका छन्। उनले कोभिडको महामारीका कारण आफ्ना धेरै योजना पूरा नभएको र काम गर्न बाँकी रहेका कारण अर्को एक कार्यकाल मागेको बताएका छन्। ‘कोभिड महामारीका कारण चार वर्ष पूरा काम गर्न पाइएन। तर महामारीको समयमा पनि गतिविधि नरोकिकन काम गर्यौं,’ उनले उम्मेदवारी घोषणा गर्दै भनेका छन्, ‘मलाई काम गर्नका लागि अझै एक कार्यकाल दिनुहोस्।’

नेपालको र्याङकिङ बढाउने, राष्ट्रिय टिम बलियो बनाउने, टिमलाई बलियो बनाउन अन्तर्राष्ट्रिय प्रतियोगितामाा धेरै सहभागी हुने, नेसनल लिगमा फिफा एएफसीको कार्यक्रम र यसका लागि अन्तर्राष्ट्रिय खेलाडी छनोट गर्ने, खेलाडी छनोटका लागि लिग गराउनेलगायतका विषय कर्माका योजनामा थिए। तर, त्यसमध्ये धेरै कुरा अधुरै छन्।

उनले चाहिँ आफ्नै साथीभाइले सहयोन नगरेको आरोप लगाइरहेका छन्।

यता पंकज पक्षले त कर्माको कार्यकाल नै अपारदर्शी भनेको छ। उनले एन्फामा भ्रष्टचार बढेको पनि बताउँदै आएको छ। शुशासनका लागि परिवर्तन गर्नुपर्ने पंकजको दाबी धेरै अघिदेखिकै हो।

एन्फा चुनावमा ८७ मत हुन्छ, जसअनुसार ४५ जिल्ला पर्छन्। तर सिन्धुली र भक्तपुरले यो निर्वाचनमा भोट हाल्न पाउने छैनन्। निर्वाचनमा १४ ए डिभिजन क्लब, ११ बी डिभिजन क्लब, ९ सी डिभिजन क्लब र राष्ट्रिय लिगमा छनोट भएका चार क्लबले पनि मताधिकार पाएका छन्। त्यस्तै महिला संघ, खेलाडी संघ, प्रशिक्षक संघ र रेफ्री संघका एक–एक प्रतिनिधिले चुनावमा मताधिकार प्रयोग गर्न पाउने व्यवस्था छ।

आआफ्नो एजेन्डाहरु सुनाउँदै उम्मेद्वारी घोषणा गरेका अध्यक्षका उम्मेद्वारहरुले जिल्लाको प्रतिनिधिहरुको भेटघाटमा पनि धेरै समय खर्च गरेका छन्। उनीहरुले सामाजिक सञ्जालमा पनि निकै परिश्रम र पैसा खर्चिएको सहजै देख्न सकिन्छ। 

यहि तथ्यांकमा एन्फाको चुुनावका कर्मा र पंकजको हारजतिको गणित लुकेको छ। अब कर्माले गरेका प्रतिबद्धता बलियो कि पंकज विक्रम नेम्बाङको आरोप त्यो हेर्न बाँकी नै छ।

चुनावी फन्डा

चुनाव नजिकिँदै गर्दा यसलाई प्रभाव पार्न धेरै सूचना र अफवाहहरु फौलिए, कति फौलाइए पनि। त्यसको पछिल्लो उदाहरण हो मुद्रा सटहीको विषय। जहाँ अष्ट्रेलियासँगको अवे खेलका दौरान  नेपाली टिमका म्यानेजर मधुसुधन उपाध्यायले मुद्रा लगत तरिकाले साटही गरेको अरोप लगाइएको छ।

त्यस्तै, एन्फाले ‘डेटा किपिङ कम्पनी’ लाई सट्टेबाजीका लागि तथ्यांक उपलब्ध गराउन एन्फाले सहमति दिएको भन्ने हल्ला फैलिएको थियो। नेपाली कुनै पनि कानुनले सट्टेबाजीलाई  वैधानिकता प्रदान गरेको छैन।

नेपालमा मात्र होइन विदेशमा पनि सट्टेबाजी गर्नको अनुमति दिन लागि नेपाली कानुनले बर्जित गरेको भन्दै एन्फा संस्थापन पक्षको आलोचना भएको थियो।

त्यसको केहि समय अघि पनि त्यस्तै, एक समाचार फैलिएको थियो। त्यो भनेको चाहिँ यार्सागुम्बा खरिदको विषयलाई लिएर थियो। चेन्ज एन्फा नामक फेसबुक पेजले एन्फाले एन्फाले यार्सागुम्बा खरिद गरेर एन्फको पैसाको दुरुपयोग गरेको भन्दै आलोना गरिएको थियो।

निर्वाचनलाई प्रभावित पर्ने हिसाबले निर्वाचनलक्षित धेरै काम भए, यस्तैमा एन्फाका पूर्वअध्यक्ष गणेश थापाको पत्रकार सम्मेलनलाई पनि लिइएको छ। त्यसो फिफाको प्रतिबन्धमा परेका थापाले आफ्नो पत्रकार सम्मेलन निर्वाचन लक्षित नभएको बताएका थिए। तर उनको सबै ध्यान अहिलेका अध्यक्ष कर्मा छिरिङलाई चुनौति दिनमा केन्द्रित थियो।

उनले कर्माले आफूलाई झुटा आरोप लगाएको र, त्यसलाई प्रमाणित गर्न वा सजाय भोग्न तयार रहने चुनौति दिएका हुन्। यता, कर्मा पक्षमा रहेका इन्द्रमानले चाहिँ पंकज र उनको प्यानलले थापासँग लागेको आरोप लगाएका छन्।

‘अहिले भ्रष्टाचारको विरोध गर्छौं भन्ने अनि पारदर्शिताको कुरा गर्ने तर, फिफाले भ्रष्टाचारको मुद्दामा कारबाहि गरेको मान्छेको पक्षमा लाग्ने ?’ कर्मा प्यानलको उम्मेद्वारी घोषणा सभामा तुलाधरले भनेका थिए।

कर्मा र पंकजको प्यानलमा कोको?

कर्मा प्यानलमा अध्यक्षमा कर्माछिरिङ शेर्पा, वरिष्ठ उपाध्यक्ष शिक्षित पराजुली, उपाध्यक्षहरुमा कुमार बहादुर केसी, रत्न कुमार श्रेष्ठ, उपेन्द्र मान सिंह, विज्ञान राज शर्मा छन्।

त्यस्तै, सदस्यहरूमा १२ जनाले उम्मेदवारी दिएका छन्। दिपक थापा, प्रविन यादव, रुपेश अधिकारी, लोकेन्द्र गुरुङ, राम राजा गुरुङ, टिकाराम लामा, प्रदेश सिंह राथोड, भरत गुण थापा, अनिल श्रेष्ठ, रमेश ब्यन्जनकार, मनि राज मिश्र र मनिश जिसी छन्।

त्यस्तै, नेम्वाङको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा वीरबहादुर खड्काले मनोनयन दर्ता गराएका छन्। चार जना उपाध्यक्षमा काठमाडौं जिल्ला फुटबल संघका अध्यक्ष विराटजंग शाही, दावा लामा, सुन्दरनरसिंह जोशी र दीपक खतिवडाले उम्मेदवारी दर्ता गराएका छन। 

सदस्यमा सात जनाले उम्मेदवारी दिएका छन्। उम्मेदवारी दिनेमा प्रविण सुवाल, महेन्द्र क्षेत्री, पुरुषोत्तम थापा, विजय घले, नेपाल कार्की, तपेश्वर राउत, विकास नारायण श्रेष्ठ, भोजराज शाही, रविन्द्र चन्द र अनिल मल्ल छन्।


प्रकाशित: Jun 20, 2022| 08:21 सोमबार, असार ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।