सोमबार, वैशाख २४, २०८१

पदाधिकारी चयनको 'प्रसव पीडा'मा प्रचण्ड

पूर्वमाओवादी सबैलाई जोड्ने विषय छिटै टुंगोमा पुग्ने दाबी गरेका प्रचण्डले आफ्नै पार्टीमा भने पदाधिकारी चयन गर्न सकेका छैनन्। महाधिवेशन सकिएको ६ महिना पुग्नै लाग्दा पनि पदाधिकारीको चयन गर्न प्रचण्डलाई 'फलामको च्यूरा' चपाउनु सरह भएको छ।
 |  सोमबार, असार ६, २०७९

कौशल काफ्ले

कौशल काफ्ले

सोमबार, असार ६, २०७९

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आइतबार पूर्वमाओवादीहरू एकै ठाउँमा आउने वातावरण बनेको दाबी गरे। नेपाल राष्ट्रिय कर्मचारी महासंघको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले एकताको वातावरण बनेर छिट्टै यो विषय टुंगोमा पुग्ने अवस्था सिर्जना भएको पनि उल्लेख गरे। 

triton college

‘एकता र विभाजनको शृंङ्खला पार गर्दै हामी यहाँ आइपुगेका छौँ। अब चाहिँ हामी सबै पूर्वमाओवादी भन्नेजति एक ठाउँमा आउने वातावरण बन्दैछ। छिटै टुंगोमा पुग्छौँ,' प्रचण्डको दाबी छ। 

पूर्वमाओवादी सबैलाई जोड्ने विषय छिटै टुंगोमा पुग्ने दाबी गरेका प्रचण्डले आफ्नै पार्टीमा भने पदाधिकारी चयन गर्न सकेका छैनन्। महाधिवेशन सकिएको ६ महिना पुग्नै लाग्दा पनि पदाधिकारीको चयन गर्न प्रचण्डलाई 'फलामको च्यूरा' चपाउनु सरह भएको छ। अध्यक्षबाहेकका पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरोको टुंगो माओवादीले लगाएको छैन। यसले पूर्वमाओवादीहरूलाई जोड्ने प्रचण्डको दाबीलाई गिज्याइरहेको छ। 

गत पुसमा राष्ट्रिय सम्मेलनको रुपमा सुरु भएको माओवादी 'भेला' उद्घाटनपछि महाधिवेशनमा परिणत भएको थियो। ‘नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माणको लागि’ भन्दै माओवादीले घोषणा गरेको पहिलो राष्ट्रिय सम्मेलन अन्ततः आठौँ राष्ट्रिय महाधिवेशन बनेको थियो। यसमा प्रचण्डले पार्टीबाट भएका कमीकमजोरी र आफ्नै आत्मालोचनासहितको प्रतिवेदन पेस गरेका थिए। आठ दिनसम्म चलेर १८ पुसमा महाधिवेशन सम्पन्न भएको थियो। 

तल्ला तहमा आन्तरिक प्रतिस्पर्धामा भरसक रोक लगाएको माओवादीले पार्टीका केन्द्रीय पदाधिकारी चयनमा पनि प्रतिस्पर्धा रुचाएको छैन। प्रचण्ड आफ्नो प्रस्तावमा कसैले पनि प्रश्न नउठाओस् भन्ने अवसरको खोजीमा छन्। प्रचण्डले उपयुक्त अवसर नभेट्टाउँदा पार्टी पदाधिकारीविहीन बन्न पुगेको छ। 

corrent noodles
Metro Mart

यसरी टर्दै आयो पदाधिकारी चयन

०७८ पुस ११ देखि १५ गतेसम्म भएको माओवादीको महाधिवेशन।
पुस १८ गते प्रचण्डले वाचन गरेको २४७ जना केन्द्रीय सदस्यको नाममा महाधिवेशन हलले ताली पिट्यो। महाधिवेशन सकियो। त्यसै दिन केन्द्रीय कमिटीको पहिलो बैठक बसेको थियो। बैठकमा वर्षमान पुन र ओनसरी घर्ती चीनबाट फर्किएपछि पदाधिकारी चयन गर्ने भनेर टारेका थिए प्रचण्डले। उक्त बैठकले अध्यक्षमा भने प्रचण्डलाई सर्वसम्मत गरेको थियो। 

फागुन २० गतेको केन्द्रीय कमिटी बैठकले पनि पदाधिकारी चयन गर्न सकेन। जबकि त्यो बैठकको मुख्य एजेण्डा नै महासचिवसहित अन्य पदाधिकारी चयन थियो। तोकिएका ६ वटा एजेन्डामा प्रवेश नै नगरी स्थानीय चुनावपछि पदाधिकारी चयन गर्ने निर्णय गर्दै बैठक सकियो। २० जेठ ०७९ का लागि केन्द्रीय कमिटी बैठकको मिति तोकियो। 

पूर्वमाओवादी सबैलाई जोड्ने विषय छिटै टुंगोमा पुग्ने दाबी गरेका प्रचण्डले आफ्नै पार्टीमा भने पदाधिकारी चयन गर्न सकेका छैनन्। महाधिवेशन सकिएको ६ महिना पुग्नै लाग्दा पनि पदाधिकारीको चयन गर्न प्रचण्डलाई 'फलामको च्यूरा' चपाउनु सरह भएको छ। 

जेठ २० को बैठकमा एमसीसी मुख्य एजेन्डा बन्यो। त्यसै बैठकले पदाधिकारी पनि चयन गर्ने र एमसीसीका सम्बन्धमा पनि छलफल गर्ने भनेको थियो। भौतिक उपस्थितिमा गरिने भनिएको बैठक भर्चुअल माध्यमबाट गर्ने भनियो। तर, अन्त्यमा बैठक बस्नु केही अघि मात्र १५ असारमा गर्ने गरी बैठक सारिएको सूचना आयो। यसरी महाधिवेशनपछि प्रचण्डले बारम्बार केन्द्रीय पदाधिकारी चयनको कामलाई धकेलिरहेका छन्।

माओवादी नेता हरिबोल गजुरेलका अनुसार अबको बैठकमा सबै पदाधिकारीसहित केन्द्रीय सदस्य मनोनयनको काम टुंग्याउन प्रचण्ड लागिपरेका छन्। यद्यपि, असार १५ गतै नै पदाधिकारी टुंगो लाग्ने कुरामा गजुरेल स्वयं विश्वस्त देखिँदैनन्। ‘सबैलाई मिलाएर लाने प्रचण्डको सोच भएकोले आउँदो बैठकमा नै सबै विषय टुंगो लाग्ला भन्ने लाग्दैन। तर, अध्यक्षले चाहिँ त्यही दिन सबै पदाधिकारीसहित केन्द्रीय सदस्य मनोनयनको काम टुंग्याउने गरी गृहकार्य भइरहेको बताउनुभएको छ,’ उनले भने।

महासचिवको किचलो

माओवादीमा अध्यक्षपछिको सर्वाधिक शक्तिशाली मानिएको महासचिव पदमा आकांक्षीलाई व्यवस्थापन गर्न जटिल देखिएका कारण पदाधिकारी चयनको काम रोकिएको हो। पुस १८ कै बैठकमा टुंग्याउनुपर्ने भनिए पनि नेता वर्षमान पुन उपचारको लागि चीनमा भएकोले तत्काल महासचिव चयनको काम रोकिएको थियो। पुनकै दबाबमा त्यसबेला अध्यक्षबाहेक अन्य पदाधिकारी चयन नगरिएको चर्चा थियो।

महासचिवका मुख्य दाबेदार जनार्दन शर्मा (बायाँ) र वर्षमान पुन।
माओवादी महासचिवका लागि वर्षमान पुन, जनार्दन शर्मा, पम्फा भुसाल र देवप्रसाद गुरुङले दाबी गरिरहेका छन्। यसमध्ये पनि शर्मा र पुन मुख्य प्रतिस्पर्धीको रुपमा देखिन्छन्। जो महासचिव भए पनि एकले अर्कोलाई नस्वीकार्ने स्थिति आएकोले पनि प्रचण्डले टारिरहेको उनी निकट एक नेताले बताए। ‘प्रचण्ड कमरेड प्रतिस्पर्धा गरेर भन्दा पनि सबैलाई मिलाएर लाने सोचमा हुनुहुन्छ। त्यसैले पनि पदाधिकारी चयनको काम सरिरहेको हो। चुनावअघि लफडा हुन्छ भनेर पनि अध्यक्षले यो काम अघि बढाउनुहुन्न जस्तो लाग्छ,’ ती नेताले भने।

माओवादी नेताहरुका अनुसार महासचिवमा जनार्दन र वर्षमान दुवैले आफू पछि नहट्ने बताइरहेका छन्। दुई नेताको 'टसल'का कारण पनि प्रचण्डले पदाधिकारी चयनलाई थाँती राखिरहेको कतिपयको बुझाइ छ। 

माओवादीमा अध्यक्षपछिको सर्वाधिक शक्तिशाली मानिएको महासचिव पदमा आकांक्षीलाई व्यवस्थापन गर्न जटिल देखिएका कारण पदाधिकारी चयनको काम रोकिएको हो।

उता, नारायणकाजी श्रेष्ठ खेमाले गिरिराजमणि पोखरेललाई अघि सार्दै महासचिवका लागि लबिङ गरिरहेको बताइएको छ। तर, प्रचण्ड त्यसमा सकारात्मक छैनन्। आफ्नो सुरमा महासचिव चयन गर्दा पनि पार्टीको दोस्रो पुस्तामै हलचल मच्चिने र चुनावमा नकारात्मक प्रभाव पर्ने डर प्रचण्डमा छ। त्यसैले पनि तत्काल पदाधिकारी चयनको काम अघि बढ्ने छाँट नदेखिएको माओवादीकै नेताहरु बताउँछन्।

तत्काल पदाधिकारी चयन गर्दा विवाद बढ्ने र चुनावमा असर गर्ने भएकोले पनि प्रचण्डले यसलाई पन्छाइरहेको एक नेताले बताए। ‘संघीय चुनाव अघिसम्म केही होलाजस्तो लाग्दैन। अहिले कतै चलाउन खोजे विवाद बढ्ने र चुनावमा पार्टीलाई क्षति हुने आकलन गरेरै अध्यक्षले टारिरहनु भएको हो,’ उनले भने। 

मुख्य दाबेदार देखिएका पुन स्वास्थ्य समस्यासँग जुधिरहेका छन्। पार्टीभित्र राम्रो पकड कायम गर्ने नेतामा पर्ने उनी स्थानीय चुनावका चुनावी कमान्डर थिए। जनार्दनले भने चुनावका लागि स्रोत व्यवस्थापनको जिम्मेवारी पाएका थिए। उनी अहिले अर्थमन्त्री पनि छन्।

पुन र शर्मा सशस्त्र युद्धदेखिकै प्रतिस्पर्धी हुन्। त्यसबेलादेखि शर्मा र पुनको कारण जन्मिएको दुइटा धार रुकुम र रोल्पामा आजसम्म कायम छ। माओवादी नेताहरूका अनुसार अन्तिम समयमा कृष्णबहादुर महरा, जयपुरी घर्ती र शक्ति बस्नेतलगायतले पुनलाई साथ दिने सम्भावना छ। शर्माको पक्षमा खुलेका ‘सिनियर’ नेता कम भएको माओवादी नेताहरू दाबी गर्छन्।

'उहाँहरू दुवै जनाको पार्टीमा राम्रै पकड छ। यद्यपि सिनियर नेताहरू पुनका पक्षमा बढी खुल्न सक्छन्,' एक केन्द्रीय सदस्य भन्छन्, 'तर राजनीति हो। देखिएका दाबेदारमध्ये महासचिव जो पनि पनि चुनिन सक्छन्। अन्तिम समयसम्मै फेरबदलको सम्भावना जीवितै रहन्छ। उहाँहरूको दाबी भए पनि अन्त्यमा अध्यक्ष कमरेडले रुचाएकै व्यक्ति महासचिव हुने पक्कापक्की जस्तै हो।' 

मुख्य दाबेदार देखिएका पुन स्वास्थ्य समस्यासँग जुधिरहेका छन्। पार्टीभित्र राम्रो पकड कायम गर्ने नेतामा पर्ने उनी स्थानीय चुनावका चुनावी कमान्डर थिए। जनार्दनले भने चुनावका लागि स्रोत व्यवस्थापनको जिम्मेवारी पाएका थिए। उनी अहिले अर्थमन्त्री पनि छन्।

माओवादीको विधानअुनसार एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्षसहित २ सय ९९ केन्द्रीय कमिटी निर्वाचित हुनुपर्छ। तर, अहिले पदाधिकारीका नाममा अध्यक्ष प्रचण्डमात्र छन्। २ सय ४७ केन्द्रीय समिति सदस्यको टुंगो महाधिवेशन हलबाट लगाइएको थियो।

फागुन २३ मा बसेको बैठकमा प्रचण्डले छोरी–ज्वाइँसहित ९७ जनाको नाम प्रस्ताव गरेका थिए। तर केन्द्रीय समितिले ५० जनालाई मात्र अनुमोदन गरेको थियो। पार्टीको विधानमा २९९ जना केन्द्रीय सदस्य निर्वाचित हुने र त्यसको १५ प्रतिशत केन्द्रीय सदस्य अध्यक्षले मनोनित गर्न पाउने व्यवस्था गरिएको छ। त्यसो गर्दा केन्द्रीय समिति ३४४ सदस्यीय हुन्छ। हालसम्म २९७ जनाको टुंगो लागे पनि ४७ सदस्य टुंग्याउन बाँकी छ।  

विश्लेषक हरि रोका भने माओवादीले गरेको महाधिवेशन नै अचम्म खालको भएको टिप्पणी गर्छन्। महाधिवेशनकै समयमा चयन गरिसक्नुपर्ने पदाधिकारीहरुको काम रोकेर प्रचण्डले के गर्न खोजेको भन्ने नै नबुझेको उनी बताउँछन्। भन्छन्, ‘यस्ता कुरा त महाधिवेशनमै हुनुपर्ने हो। अब त्यो कस्तो महाधिवेशन गरेको हो भनेरै बुझ्न सकेको छैन। खासमा अहिलेको माओवादीलाई नै बुझ्न सकिएको छैन। अब पार्टीभित्रैबाट आवाज नउठेपछि यस विषयमा हामीले मात्र के बोल्नु?’

प्रकाशित: Jun 20, 2022| 13:15 सोमबार, असार ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...