काठमाडौं- प्रधानसेनापति प्रभुराम शर्माले लेबनानमा गोर्खा ग्रिन पार्कको उद्घाटन गरेका छन्। प्रधानसेनापति शर्माले संयुक्त राष्ट्रसंघीय मिसन लेबनानको निरीक्षण भ्रमणमा रहेका बेला लेबनानमा भनेबो गोर्खा ग्रिन पार्कको उद्घाटन गरेका हुन्।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार आइतबार मिसन सेक्टर इस्ट हेडक्वार्टरको भ्रमण गरेका हुन्। भ्रमणको क्रममा प्रधान सेनापति महारथी शर्माले सेक्टर इस्ट हेडक्वार्टरका कमाण्डर ब्रिगेडियर जनरल इग्नासियो ओलाजाबा इलोर्जसँग भेटवार्ता गरेका छन्। भेटका क्रममा मिशनका विविध पक्षहरुका बारेमा जानकारी लिएको जनाइएको छ।
भ्रमणकै क्रममा प्रधानसेनापति शर्माले लेवनानस्थित नेपबाट् हेडक्वार्टरको भ्रमण गरी उक्त ईलाकाको वस्तुस्थितीलगायत विविध गतिविधिका बारेमा जानकारी लिएका थिए। उनले शान्ति स्थापनार्थ वीरगती प्राप्त नेपाली शान्ति सैनिकहरुको सम्मानमा निर्मित वीर स्मारकमा माल्यार्पण गरेका हुन्।