शनिबार, वैशाख २२, २०८१

पालिका उपाध्यक्षका देवरको निधनमा मर्चवारीमा सार्वजनिक बिदा!

जनप्रतिनिधिका आफन्तको निधनमा सेवाग्राहीलाई मर्का पर्ने गरी कार्यालय बन्द गरिएपछि स्थानीय विरोध उत्रिएका छन्।
 |  आइतबार, असार ५, २०७९

विनोद परियार

विनोद परियार

आइतबार, असार ५, २०७९

बुटवल- स्थानीय तहको मौलिक पर्व वा विशेष परिस्थतिमा स्थानीय तहले बिदा दिँदै आएका छन्। तर, रूपन्देहीको एउटा स्थानीय तहले भने पालिका उपाध्यक्षको एक नातेदारको निधनमा पनि सार्वजनिक बिदा दिएको छ।

triton college

भारतीय सीमासँग जोडिएको मर्चवारी गाउँपालिकाले उपाध्यक्ष आशा सिंहको देवर नाता पर्नेको मृत्यु भएपछि गाउँपालिकामा सार्वजनिक सूचना टाँसेरै बिदा दिएको हो। 

गाउँपालिका अध्यक्ष गयाप्रसाद बरईले सूचना जारी गर्दै गाउँपालिका उपाध्यक्ष सिंहका नाताले देवर पर्नेको सवारी दुर्घटनामा परी निधन भएकाले मृतकप्रति श्रद्धान्जली दिदै कार्यालय बन्द रहेको बताएका हुन्।

स्थानीय तहलाई कुनै पर्व विशेषमा बिदा दिन पाउने अधिकार छ। तर जनप्रतिनिधिका आफन्तको निधनमा सेवाग्राहीलाई मर्का पर्ने गरी कार्यालय बन्द गरिएपछि स्थानीयले विरोध गरेका छन्। 

पालिकाको बिदासम्बन्धी सूचना प्रमुख प्रशासकीय अधिकृतले जारी गर्नुपर्ने हो। तर मर्चवारी गाउँपालिकामा भने पालिका अध्यक्ष बरईले हस्ताक्षर गरेका छन्।

corrent noodles
Metro Mart

'मर्चवारी गाउँपालिका रायपुर रूपन्देहीको नवनिर्वाचित उपाध्यक्ष आशा सिंहको देवर नाता पर्नेको असार ५ गते आइतबार दुर्घटनामा परी अल्पायुमा स्वर्गारोहण भएकाले निजको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछौं। यस दुखद घडीमा शोकसन्तप्त परिवारजनमा धैर्य धारण गर्न सक्ने शक्ति प्राप्त होस् भनी हार्दिक समवेदना व्यक्त गर्दछौं। साथै, असार ५ गतेका दिन पालिका कार्यालयलगायत सम्पूर्ण वडा कार्यालय, सामुदायिक तथा निजी विद्यालय तथा अन्य संघ-संस्थासमेत बन्द रहने बेहोरा यसै सूचनाद्वारा जानकारी गराइन्छ,' गाउँपालिकाद्वारा जारी सूचनामा भनिएको छ।

'दिउँसो १ बजेसम्म कार्यालय खुला नै थियो। बाँकी रहेको समय समवेदनास्वरूप कार्यालय बन्द गर्ने गरी सूचना जारी गरिएको हो,' बरईले भने, 'समवेदनाका हिसाबले ठीकै भएको भन्ने लाग्छ।'

सूचनामा उपाध्यक्षका देवरको नाम भने उल्लेख गरिएको छैन। पालिका अध्यक्ष बरईले गाउँपालिका उपाध्यक्षका देवरको निधन हुँदा जनप्रतिनिधि र कार्यालयका सबै कर्मचारीसमेत अन्त्येष्टिमा जानुपर्ने भएकाले बिदा दिइएको दाबी गरेका छन्।

'दिउँसो १ बजेसम्म कार्यालय खुला नै थियो। बाँकी रहेको समय समवेदनास्वरूप कार्यालय बन्द गर्ने गरी सूचना जारी गरिएको हो,' बरईले भने, 'समवेदनाका हिसाबले ठीकै भएको भन्ने लाग्छ।'

जनप्रतिनिधिका आफन्त बितेपछि सार्वजनिक बिदा दिएकामा विरोध सुरु भएको छ।

पालिकाका जनप्रतिनिधिका आफन्तको मृत्युमा बिदा दिनु लोकतन्त्रको उपहास भएको उच्च अदालत बुटवल बार एसोसिएसनका अध्यक्ष अधिवक्ता जोगबहादुर खत्री बताउँछन्।

'यो जनप्रतिनिधिको गैरजिम्मेवारी, अख्तियारको दुरुपयोग मात्रै होइन, उनीहरूको नियतमै प्रश्न उठ्ने काम हो,' अधिवक्ता खत्रीले भने।

रूपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले पर्वमा स्थानीय तहले बिदा दिन सक्ने भए पनि आफन्तको मृत्युमा बिदा दिने कुरा अनौठो भएको प्रतिक्रिया दिए। 'स्थानीय तहले बिदा दिन पाउँछन् तर मृत्युमा सार्वजनिक बिदा घोषणा कुन कानुनअनुसार दिइयो? यसमा गाउँपालिका नै जिम्मेवार हुन्छ,' उनले भने। मर्चवारी गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष हृदेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टीबाट जितेका हुन्। 


प्रकाशित: Jun 19, 2022| 17:56 आइतबार, असार ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।