बुधबार, असार ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जग्गाधनीको मृत्युदर्ता देखाएर ७ करोडको जग्गा 'झ्वाम' पार्ने ५ जना पक्राउ

जग्गाधनीको मृत्युदर्ता देखाएर ७ करोडको जग्गा 'झ्वाम' पार्ने ५ जना पक्राउ

जापानमा बसेका व्यक्तिको नक्कली मृत्यु दर्ता प्रमाणपत्र बनाएर काठमाडौंको कीर्तिपुरमा रहेको ११ आना २ पैसा जग्गा बिक्री गर्नेहरूलाई सीआईबीले पक्राउ गरेको हो।
 |  आइतबार, असार ५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार ५, २०७९

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नक्कली कागजात बनाएर सात करोड मूल्य पर्ने ११ आना २ पैसा जग्गा बिक्रीमा संलग्न ५ जनालाई पक्राउ गरेको छ।

National life

जापानमा बसेका व्यक्तिको नक्कली मृत्युदर्ता प्रमाणपत्र बनाएर काठमाडौंको कीर्तिपुरमा रहेको ११ आना २ पैसा जग्गा बिक्री गर्नेहरूलाई सीआईबीले पक्राउ गरेको हो।

२०५५ सालदेखि जापानमा बस्दै आएकी शान्तिदेवी लोहनीको कीर्तिपुर नगरपालिका–२ मैत्रीनगरको ११ आना २ पैसा जग्गा उक्त गिरोहले नक्कली कागजपत्र बनाएर बिक्री गरेको भेटिएको सीआईबीका प्रवक्ता एसपी श्यामकुमार महतोले जानकारी दिए।

शान्तिदेवीको नक्कली मृत्युदर्ता प्रमाणपत्र बनाएर र नक्कली श्रीमान् खडा गरेर जग्गा बिक्री गरेको पाइएको महतोले बताए। नक्कली मृत्युदर्ता र नक्कली श्रीमान् बनाएर जग्गा बिक्री गरेको आरोपमा प्रहरीले महावीर चन्द, गणेशबहादुर खनाल, बाबुराम कार्की, प्रेमप्रसाद खनाल र ममता श्रेष्ठाई पक्राउ गरेको हो।

सीआईबीका अनुसार जग्गाधनी लोहनी नेपाल आएका बखत जेठ ५ गते मालपोत कार्यालयमा वायोमेट्रिक गर्न गएका बेला जग्गा बिक्रीको रहस्य खुलेको थियो । आफ्नो नाममा रहेको जग्गा बिक्री भएको देखिएपछि पीडित पक्षले प्रहरीलाई जानकारी दिएको थियो।

Shivam cement

सीआईबीले घटनाबारे अनुसन्धान गर्दै जाँदा जग्गा बिक्रीमा संलग्नहरूलाई पक्राउन गर्न सफलता पाएको हो।

प्रकाशित: Jun 19, 2022| 17:37 आइतबार, असार ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।