सोमबार, कात्तिक २, २०८३
  • गृहपृष्ठ
  • कला/साहित्य
  • ०७८ पुसदेखि ०७९ मंसिरसम्म प्रदर्शित नेपाली फिल्मले ओस्करमा प्रतिस्पर्धा गर्न पाउने

०७८ पुसदेखि ०७९ मंसिरसम्म प्रदर्शित नेपाली फिल्मले ओस्करमा प्रतिस्पर्धा गर्न पाउने

०७८ पुस १ गतेदेखि ०७९ मंसिर १४ गतेसम्म हलमा प्रदर्शन भएका नेपाली फिल्मले यो वर्षको ओस्कर अवार्डमा प्रतिस्पर्धा गर्न पाउने भएका छन्।
 |  आइतबार, असार ५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार ५, २०७९

काठमाडौं– ०७८ पुस १ गतेदेखि ०७९ मंसिर १४ गतेसम्म हलमा प्रदर्शन भएका नेपाली फिल्मले यो वर्षको ओस्कर अवार्डमा प्रतिस्पर्धा गर्न पाउने भएका छन्।

‘द एकेडेमी अफ आर्ट्स एण्ड साइन्सेज’ले यसै साता नेपालको सिफारिस कमिटीलाई पत्र लेख्दै एक वर्षभित्र सिनेमा घरमा प्रदर्शन भएका फिल्ममध्येबाट कुनै एकलाई पठाउन भनेको गरेको छ।

कमिटीले ओस्करको अन्तर्राष्ट्रिय फिचर विधामा नेपालबाट कुनै एक फिल्मलाई सिफारिस गर्छ। मंसिर तेस्रो साता मात्र कमिटीले फिल्मको आवेदन गर्ने जनाइएको छ।

ओस्करमा भाग लिने फिल्मले एक सातासम्म सिनेमा घरमा अनिवार्य प्रदर्शन भएकै हुनुपर्नेछ। ओटीटी प्लेटफर्ममा रिलिज भएका फिल्मलाई भने ओस्कारमा भाग लिने सुविधा छैन। 

ओस्कर अवार्डको आगामी संस्करण सन् २०२३ मार्च १२ मा अमेरिकाको लस एन्जल्समा हुँदैछ।

प्रकाशित: Jun 19, 2022| 17:20 आइतबार, असार ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।