मंगलबार, पुस १, २०८२

कुटिए जनकपुरधामका उपप्रमुख साह

जनकपुरधाम उपमहानगरपालिका–२३ बेलागाउँस्थित अतिक्रमित जग्गा खाली गराउन माग गर्दै ज्ञापनपत्र बुझाउन गएको समूहले उपप्रमुख किशोरी साहमाथि आक्रमण गरेको हो।
 |  आइतबार, असार ५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार ५, २०७९

जनकपुरधाम– प्रदेश २ को राजधानीसमेत रहेको जनकपुरधाम उपमहानगरका उपप्रमुख किशोरी साहमाथि आक्रमण गरिएको छ।

National life

जनकपुरधाम उपमहानगरपालिका–२३ बेलागाउँस्थित अतिक्रमित जग्गा खाली गराउन माग गर्दै ज्ञापनपत्र बुझाउन आएको समूहले उपप्रमुख किशोरी साहमाथि आक्रमण गरेको हो।

आक्रमण गर्ने समूहमध्येकी एक महिलाले उपप्रमुख साहमाथि चप्पलसमेत हानेकी थिइन्।

बेलागाउँका स्थानीय समाजसेवी एवं दाताहरूले रामजानकी दुल्हा भगवान् कुटीलाई दिएको १७ बिघा १५ कठ्ठा जग्गा केही समययता टुक्रा–टुक्रा पारी बेच्न थालिएको दाबी गर्दै स्थानीय त्यसलाई रोक्न माग गर्दै नगरप्रमुखलाई ज्ञापनपत्र बुझाउन आएका थिए।

नगर प्रमुखलाई मनोज साहलाई कार्यालयमा नभेटेपछि उनीहरूले उपप्रमुख किशोरी साहलाई ज्ञापनपत्र बुझाएका थिए। स्थानीयको ज्ञापनपत्र बुझेपछि उपप्रमुख साहले कार्यालय परिसरमै सम्बोधन गर्नै लाग्दा उनीमाथि आक्रमण भएको हो। तत्कालै पुगेको प्रहरी टोलीले उपप्रमुख किशोरीलाई सुरक्षा दिएर कार्यकक्षमा लगेको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jun 19, 2022| 16:18 आइतबार, असार ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।