बिहीबार, असार ३२, २०८३

‘सोल्टी’ र ‘मितिनी’ लाई काठमाडौं ल्याइँदै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- सरकारले मित्र राष्ट्र चीनलाई उपहार दिन लागेको अर्को एक जोडी गैँडा ‘सोल्टी र मितिनी’लाई मंगलबार काठमाडौं ल्याइँदै छ। 

रत्ननगरस्थित सौराहामा रहेको सानो खोर (पिट बोमा) बाट काठको खोरमा हाली ट्रकमा राखेर सडकमार्ग हुँदै आज साँझ गैंडालाई काठमाडौं पुर्‍याउने चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले जानकारी दिए। 

गैँडालाई साउन ३१ गते साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विशेष कार्गो विमानमा राखी चीन पठाइने जनाएको छ। 

अगाडी पछाडि सेनाको गाडीले स्कटिङ गरी यहाँबाट उक्त गैँडा काठमाण्डौँ लगिएको छ। चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक तथा संरक्षणकर्मी सहभागी रहेको गैँडा लाने टोलीको नेतृत्व ढकालले नै गर्नुभएको छ। 

अहिले राखिएको गैँडामध्ये पोथी(मितिनी)लाई चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरबाट गएको वैशाखमा नियन्त्रणमा लिएर सौराहामा राखिएको थियो भने सोल्टी चाँहि अघिल्लो वर्ष बाढीले बगाएपछि भारतीय सिमा नवलपरासीको त्रिवेणीबाट उद्धार गरेर ल्याइएको गैँडा हो। यी दुबै गैँडालाई साङघाई सफारी पार्कमा लगेर राखिने छ। 

गएको चैत २८ गते चीनलाई उपहार पठाइएको ‘रुपसी र भद्र’ नामको एक जोडी गैँडा हाल चिमे लङ सफारी पार्कमा रमाइरहेको जनाएको छ। 

सरकारले यसअघि विभिन्न १० देशलाई २६ गैँडा उपहार दिइसकेको छ। विश्वमै दुर्लभ मानिएको एकसिङ्गे गैँडाको संख्याका हिसाबले चितवन राष्ट्रिय निकुञ्ज विश्वकै दोस्रो संरक्षित क्षेत्र हो। 

एकसिङ्गे गैँडाको बाह्य बासस्थान संरक्षणको सिद्धान्तअनुसार सरकारले विभिन्न मित्रराष्ट्रलाई समयसमयमा गैँडा उपहार दिँदै आएको छ। यसअघि मित्रराष्ट्र भारतलाई सन् १९८४ मा चार तथा १९८७ र १९९० मा दुई चोटी गरेर अमेरिकालाई छ वटा गैँडा उपहार दिइसकेको छ। यसैगरी नेपालले सन् १९९० देखि २००६ सम्म जर्मनी, बंगलादेश, वेलायत, जापान, अष्ट्रियामा दुई, दुई वटाका दरले कुल १० गैँडा उपहारस्वरुप पठाइसकेको छ। 

थाइल्याण्ड, वर्मा र पाकिस्तानलाई पनि दुई, दुई वटाका दरले गैँडा पठाइएको चितवन राष्ट्रिय निकुञ्जको तथ्याङ्कमा उल्लेख छ। पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६०५ गैँडा छन्। नेपालमा भने हाल गैँडाको संख्या ६४५ छन्। 

गैँडासँगै पशुचिकित्सक र प्राविधिक पनि जाने 

गैँडाको रेखदेखका लागि पशुचिकित्सक र वन्यजन्तु प्राविधिकको टोलीसमेत चीन जाने भएका छन्। 

राष्ट्रिय प्रकृति संरक्षण कोषका पशुचिकित्सक डा अमिर षडौला, चितवन राष्ट्रिय निकुञ्जका भेटेरिनरी प्राविधिक पुरुषोत्तम पाण्डे तथा कोषका अन्य प्राविधिक हर्कमान लामा, ओमप्रकाश चौधरी र रमेश दराई गैँडासँगै चीन जाने भएका हुन्। उनीहरुमध्ये षडौला र पाण्डे १० दिन र अरु १५ दिन चीन बस्ने छन्। उनीहरु पनि आज गैँडासँगै काठमाडौँ गएका हुन्। 

गैँडाको स्वास्थ्य चेकजाँचसँगै बानी पार्न र चिनिया प्राविधिकलाई रेखदेखका लागि सिकाउन उनीहरु चीन जान लागेको कोषका सौराहा प्रमुख रामकुमार अर्यालले जानकारी दिए। यसअघि भद्र र रुपसीसँग वरिष्ठ पशु चिकित्सक डा कमल गैरेको नेतृत्वमा किरण रिजाल, तिर्थ लामा, दिपु चौधरी र विनोद दराई चीन गएका थिए । उनीहरु स्वदेश फर्किसकेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।