बुधबार, साउन २०, २०८३

मर्स्याङ्दीमा पानीको बहाव उल्लेख्य बढ्ने

नारायणीको सहायक नदी मर्स्याङ्दीमा आज पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान गरिएको छ।
 |  आइतबार, असार ५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार ५, २०७९

काठमाडौं- नारायणीको सहायक नदी मर्स्याङ्दीमा आज पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान गरिएको छ।  

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखा आइतबार बिहानको मापनानुसार मर्स्याङ्दीमा बहाव उल्लेख्य बढ्ने जनाउँदै सतर्कता अपनाउन आग्रह गरिएको छ।

कन्काई र यसका केही सहायक नदीमा पनि आकस्मिक बहाव भई जलसतह सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान महाशाखाले जनाएको छ। 

पानीको बहाव बढ्ने भएकाले नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ। आज ताप्लेजुङ, संखुवासभा, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, सिन्धुली, गोरखा, लमजुङ, कास्की र आसपास भई बहने केही स–साना नदीहरूमा बहाव बढ्ने पूर्वानुमान गरिएको छ।



प्रकाशित: Jun 19, 2022| 10:26 आइतबार, असार ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।