काठमाडौं- सरकारले चलचित्र विकास बोर्डको अध्यक्षका लागि आवेदन माग गरिएको छ। योग्यता पुगेका नेपाली नागरिकले कोर्डको अध्यक्षका लागि आवेदन दिनसक्ने छन्।
अध्यक्ष पदमा आवेदन दिन ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने जनाइएको छ। यस्तै स्नातक तह उतीर्ण गरी नेपाली चलचित्रको स्थापना, विकास, संरक्षण, सम्बर्द्धन तथा प्रवर्द्धनमा निरन्तर रुपमा कम्तीमा १० वर्ष काम गरेको हुनुपर्ने वा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरी कम्तिमा १० वर्ष नेपाली चलचित्रको स्थापना, विकास, संरक्षण, सम्बर्द्धन तथा प्रवर्द्धनमा निरन्तर रुपमा काम गरेको हुनुपर्नेछ।
बोर्डको अध्यक्षमा रहेका दयाराम दाहालको कार्यकाल केही दिनअघि मात्र सकिएको थियो। सरकाले २०७७ जेठ २३ गते बोर्ड सदस्यसमेत रहेका दाहाललाई अध्यक्ष पदमा नियुक्त गरेको थियो।
यस विषयमा जानकारीका लागि सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको संस्थान समन्वय शाखामा सम्पर्क गर्नु पर्ने छ।