बुधबार, साउन २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मुस्ताङ जोड्ने बेगखोलामा पुल नहुँदा यात्रुलाई सास्ती

मुस्ताङ जोड्ने बेगखोलामा पुल नहुँदा यात्रुलाई सास्ती

हिमालपारिको जिल्ला मुस्ताङ जोड्ने एकमात्र सडकमार्ग बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगखोलामा पुल नबन्दा वर्षाका समयमा सवारीसाधन र यात्रुलाई वारपार गर्न समस्या भएको छ।
 |  आइतबार, असार ५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार ५, २०७९

गलेश्वर- हिमालपारिको जिल्ला मुस्ताङ जोड्ने एकमात्र सडकमार्ग बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगखोलामा पुल नबन्दा वर्षाका समयमा सवारीसाधन र यात्रुलाई वारपार गर्न समस्या भएको छ।

यस क्षेत्रमा हल्का पानी परेमा यातु घण्टौँ रोकिनुपर्छ। असार लागेलगत्तै खोलामा पानीको सतह बढेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङ जाने सवारीसाधनलाई खोला वारपार गर्न कठिनाइ हुने गरेको हो। 

वि.सं. २०७३ भदौ १६ गते आएको बाढीले बेगखोलामा बस्तीसँगै मोटरेबल पुल र झोलुङ्गे पुल बगाएपछि बेनी–जोमसोम सडकको यात्रा कठिन र जोखिमपूर्ण हुँदै आएको छ। पाँच वर्षपछि बल्ल चालु आर्थिक वर्षमा बेगखोलामा पुल निर्माण थालिएको छ। पुल निर्माण अझै दुई वर्ष लाग्ने आयोजनाले जनाएको छ। 

बिहीबार साँझदेखि भएको अविरल वर्षाका कारण बेगखोलामा पानीको सतह बढेको छ। खोलामा पानीको सतह बढेपछि रोकिएका सवारीसाधन शुक्रबार बिहानदेखि भने जोखिम मोलेर गन्तव्यतर्फ लागेका थिए। 

बाढीका कारण दैनिकरूपमा बाटो अवरुद्ध हुनुका साथै खोला तर्न नसकेर यातायातका साधन तथा पैदलयात्रु बाटोमै अलपत्र पर्ने गरेका छन्। बाढीले पुल बगाएको छ वर्षसम्म पनि अस्थायी संरचनासमेत बन्न नसक्दा वर्षाको समयमा सर्वसाधारण सास्ती भोग्न बाध्य भएका हुन्।

खोलामा बाढी आएपछि वैकल्पिक मार्ग नहुँदा सवारीसाधन र यात्रु ज्यानकै जोखिम मोलेर खोला वारपार गर्न बाध्य हुनुपरेको गुनासो छ। - रासस

प्रकाशित: Jun 19, 2022| 08:26 आइतबार, असार ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।