बुधबार, साउन २०, २०८३

टीकापुरमा जंगली हात्तीको आक्रमणबाट महिलाको मृत्यु

जंगली हात्तीको आक्रमणबाट कैलालीको टीकापुरमा एक महिलाको मृत्यु भएको छ।
 |  आइतबार, असार ५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार ५, २०७९

टीकापुर- जंगली हात्तीको आक्रमणबाट कैलालीको टीकापुरमा एक महिलाको मृत्यु भएको छ। ज्यान गुमाउनेमा टीकापुर नगरपालिका वडा नम्बर १ ब्लक नम्बर १६ की ५० वर्षीया टंकी सोडारी रहेकी छन्।

उनलाई शनिबार  वडा नम्बर २ स्थित सन्कट्टीघाट जानेबाटो सितल सामुदायिक बन नजिक हात्तीले आक्रमण गरेको थियो। शनिबार दिउँसो ५:३० बजे जंगलमा हात्तीको आक्रमणबाट उनको घटना स्थलमै मृत्यु भएको टीकापुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मृतकका आफन्त झपट सोडारीले बताए।

मृतक सोडारीका दुई छोरा छन्। कर्णाली नदी तटबन्धको काम गरिरहेका बेला उनलाई हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ। मृतकको शव टीकापुर अस्पतालमा राखिएको छ।

प्रकाशित: Jun 19, 2022| 08:15 आइतबार, असार ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।