बुधबार, असार ३, २०८३

बसका सहचालक चिप्लिएर खोलामा बेपत्ता

काठमाडौंबाट धनगढीका लागि हिँडेको ना६ख ७४६३ नम्बर बसका सहचालक गएराति चितवन नारायणगढ-मुग्लिन सडक खण्डमा चिप्लिएर खोलामा बेपत्ता भएका छन्।
 |  आइतबार, असार ५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार ५, २०७९
National life
Shivam cement

चितवन- काठमाडौंबाट धनगढीका लागि हिँडेको ना६ख ७४६३ नम्बर बसका सहचालक गएराति चितवन नारायणगढ-मुग्लिन सडक खण्डमा चिप्लिएर खोलामा बेपत्ता भएका छन्।

कैलाली गोदावरीका ३५ वर्षीय सहचालक तेजबहादुर बोहरा राति दुई बजे बसबाट झरेर खाजाका लागि चाउचाउ किन्न गएका बेला चिप्लिएर खोलामा बेपत्ता भएको चितवन प्रहरीले जनाएको छ।

उनी खहरे खोलामा खसेको प्रहरीको भनाइ छ। बोहराको चप्पल केही तल फेला परेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी नरहरि अधिकारीले बताए। प्रहरीले बोहराको खोजिकार्य थालेको जनाएको छ।

प्रकाशित: Jun 19, 2022| 08:00 आइतबार, असार ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।