बुधबार, असार ३, २०८३

काठमाडौंबाट बेपत्ता बालक भारतको पटनामा फेला

काठमाडौं महानगरपालिका ३१ नगेन्द्रकान्छा चोकस्थित डेराबाट यही असार १ गते हराएका बालक भारतको पटनामा फेला परेका छन्।
 |  आइतबार, असार ५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार ५, २०७९

काठमाडौं- काठमाडौं महानगरपालिका ३१ नगेन्द्रकान्छा चोकस्थित डेराबाट यही असार १ गते हराएका बालक भारतको पटनामा फेला परेका छन्। 

National life

बेपत्ता भएको दिन बिहान साढे ६ बजे क्रिकेट खेल्न भनी निस्किएका १४ वर्षीय नवीन रुवाली भारतको पटनामा फेला परेको प्रहरीले जनाएको छ। उनलाई पटनाको रेल्वे स्टेशनबाट उद्धार गरिएको प्रहरीको भनाइ छ।

भाइ नफर्केपछि दाइ भरत रुवाली सार्कीले असार २ गते प्रहरी वृत्त नयाँबानेश्वरमा हुलियासहित निवेदन दिएका थिए।

त्यसपछि खोजतलास गर्ने क्रममा बालक भारतको पटना पुगेको जानकारी आएको र भारतीय प्रहरी अधिकृतको समन्वय र सहयोगमा पटना रेल्वे स्टेशनबाट उद्धारगरी दाजु भरत रुवाली सार्कीलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: Jun 19, 2022| 07:10 आइतबार, असार ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।