सोमबार, चैत २, २०८२

पुल भत्किँदा कम्तीमा २२ जनाको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
इटाली- इटालीको उत्तरपश्चिमी बन्दरगाह शहर जेनोअमा मंगलबार एउटा पुल भत्किँदा कम्तीमा २२ जनाको मृत्यु भएको उप-यातायात मन्त्रीले जानकारी दिएका छन्। 

दुर्भाग्यबस दुखद घटनामा २२ जना नागरिकको मृत्यु भएको खबर सुनाउनु परेको छ। घटनामा परी केही अन्य मानिसहरू पनि सम्पर्कमा नआएका र केहीलाई सख्त घाइते अवस्थामा अस्पताल लगिएकोले मृतक संख्यामा वृद्धि हुनसक्ने उप-मन्त्री एडोआर्डो रिक्सीलाई उल्लेख गर्दै इटालीको टेलिभिजन च्यानल स्काई टिजी २४ ले जानकारी गराएको छ।
 
ए १० सडक अन्तर्गतको पुल भत्किएर रेलमार्गमा खसेको र केही व्यक्ति सम्पर्कमा नआएकाले पुलको भग्नाबशेषमा परेको आशङ्कामा त्यसलाई हटाउने कार्य स्थानीय नागरिक र सुरक्षाकर्मीले संयुक्त रूपमा गरिरहेको मन्त्री रिक्सीले बताएका छन्।
 
घटनास्थलमा पुगेका एएफपीका फोटो पत्रकारले भने पुल भत्किएसँगै केही कार र ट्रकहरू भग्नावशेषमा फसेका छन् भने पुलबाट सिमेन्टले बनेका पथ्थरका ठूलाठूला टुक्राहरूले नजिकैका घरहरूमा समेत क्षति पुगेको बताइएको छ। 

इटालियाली सञ्चारमाध्यमका अनुसार मोरान्डी पुलको २०० मिटर भाग भत्किएको छ। पुल ग्रीनविच समय अनुसार मङ्गलबार विहान १० बजे भत्किएको हो। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।