बुधबार, साउन २०, २०८३

चितवनमा इनार सफा गर्ने क्रममा दुईजनाको मृत्यु

जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा माडी नगरपालिका–८ का २५ वर्षीय सूर्य गुरुङ र ३० वर्षीय शिव राई रहेका छन्।
 |  आइतबार, असार ५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार ५, २०७९

चितवन- चितवनको माडीमा इनार सफा गर्ने क्रममा निसासिएर दुईजनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा माडी नगरपालिका–८ का २५ वर्षीय सूर्य गुरुङ र ३० वर्षीय शिव राई रहेका छन्।

कार्यालका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार माडी नगरपालिका–७, देवेन्द्रपुरकी रिता रेग्मीको घरको इनार सफा गर्ने क्रममा शनिबार दिउँसो इनारभित्र पसेका गुरुङ निसासिएपछि उनको उद्वारका लागि गएका राईको डोरी चुडिँदा उनीहरू पानीमा डुबेका थिए। पानीमा डुबेका उनीहरूको अक्सिजन कमी भएर मृत्यु भएको अनुमान गरिएको छ।

इनारको पानी फाली उनीहरूको शव बाहिर निकालिएको र पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ।

प्रकाशित: Jun 19, 2022| 06:22 आइतबार, असार ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।