सोमबार, कात्तिक २, २०८३

'मिस नेपाल २०२२' को उपाधि प्रियंकालाई

यस वर्षको मिस नेपाल वर्ल्डको ताज २४ वर्षीया प्रियंका रानी जोशीले जितेकी छन्। शनिबार भएको फाइनलमा उनी विजेता घोषित भएकी हुन्।
 |  शनिबार, असार ४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार ४, २०७९

काठमाडौं– यस वर्षको मिस नेपाल वर्ल्डको ताज २४ वर्षीया प्रियंका रानी जोशीले जितेकी छन्। शनिबार भएको फाइनलमा उनी विजेता घोषित भएकी हुन्।

आयोजक द हिडन ट्रेजरका अनुसार काठमाडौंकी प्रियंका अन्तिम प्रतिस्पर्धामा सहभागी २४ जनामध्ये उत्कृष्ट सावित भएकी हुन्। विजेता जोशीलाई पूर्वमिस नेपाल नम्रता श्रेष्ठले ताज पहिर्‍याइदिएकी थिइन्।

यस्तै मिस नेपाल अर्थको ताज सरिता श्रेष्ठले जितेकी छन् भने मिस नेपाल इन्टरनेसनलको ताज न्यान्सी खड्काले हात पारेकी छन्। 

मिस नेपाल २०२२ का लागि आकृति शाह, आश्रुती सुवेदी, आयुस्नोभा ढुंगाना, ऐश्वर्य शाही ठकुरी, अनुश्का पौडेल, अनुसूर्य डाँगी, अस्मिता ढुंगाना, अस्रा श्रेष्ठ, दिलाशा डोटेल, गंगा गुरुङ, ह्रतुल पौडेल, ममता ढकाल, मानसी चन्द, मेरिका बास्कोटा, न्यान्सी खड्का, प्रियंका रानी जोशी, रोज कँडेल, सरिसा श्रेष्ठ, स्मारिका शर्मा, साफिया श्रेष्ठ, श्रृया गजुरेल, श्रीयान्सु पिया, सुस्मिता बोगटी र यशस्वी श्रेष्ठ अन्तिम २४ को प्रतिस्पर्धीको रुपमा छानिएका थिए।

कोरोना महामारीका कारण पछिल्ला दुई वर्ष भने मिस नेपाल भएको थिएन।


प्रकाशित: Jun 18, 2022| 20:04 शनिबार, असार ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।